‘भाले जुधाइ’ रोक्न खोज्दा कुखुराको आक्रमणबाट प्रहरीको मृत्यु
फिलिपिन्समा आयोजित गैरकानुनी ‘भाले (कुखुरा) जुधाइ’ खेल रोक्न खोज्दा एक प्रहरी अधिकारी भालेको आक्रमणबाट मारिएका छन् । उत्तरी समार प्रान्तका प्रहरीका अनुसार लेफ्टिनेन्ट क्रिस्टियन बोलोकलाई भिडन्तका लागि भाले कुखुराको खुट्टामा बाँधिएको फलामको धारिलो वस्तुले लागेको थियो ।

भालेलाई नियन्त्रणमा लिने क्रममा उनको खुट्टाको नशामा लागेको बताउँदै प्रहरीले भनेको छ, ‘उनलाई तत्कालकै प्रान्तीय अस्पतालमा लगिए पनि धेरै रक्तश्राव भएका कारण मृत्त घोषित गरिएको थियो ।’
फिलिपिन्समा भाले जुधाइ खेलको लामो इतिहास छ । तर, यसबाट कोभिड–१९ को संक्रमण फैलिएको खुलेपछि यसलाई गत अगस्तमा प्रतिबन्ध लगाइएको थियो । ‘टुपाडा’ भनेर चिनिने यस प्रतियोगितालाई अहिले पनि प्रहरीको आँखा छलेर खेलाउने गरिएको छ ।
घटनामा तीन जनलाई पक्राउ गरिएको र तीन जना अझै फरार रहेको बताइएको छ । उनको बुधबार अन्तिम संस्कार गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण