दुई महिनादेखि कोमामा थिए युवक, चिकनको चर्चा सुन्नेबित्तिकै आयो होश
खाना तपाईंलाई मनपर्ने छ भने मुखबाट पानी आउनु स्वभाविक नै हो । तर खानाले कोमामा भएका मानिस नै जागेको कुरा त सायदै सुन्नुभएको होला । तर वास्तवमा नै एउटा यस्तै घटना घटित भएको छ । ताइवानमा । त्यहाँ मनपर्ने खानाको कुरा गर्नाले युवक कोमाबाट बाहिर निस्किएका छन् ।
६२ दिनसम्म कोमामा रहने १८ वर्षका चियू आश्चर्यजनक तरिकाले कोमाबाट बाहिर निस्किएका छन् । ताइवान न्यूजले बताए अनुसार ताइवानको सिन्चू काउन्टीमा बस्ने १८ वर्षे चियूको यसवर्षको जुलाईमा स्कुटर दुर्घटना भएको थियो । उक्त सडक दुर्घटनामा उनको शरीरको भित्री अंगमा गम्भीर चोट लागेको थियो ।
उनलाई अस्पताल पुर्याउँदा उनको कोमा इन्डेक्स तीन थियो । तोन एन जनरल हस्पिटलको आइसीयूका निर्देशक सेय सुङ सिनले उनलाई निकै नाजुक अवस्थामा अस्पताल ल्याइएको जानकारी दिए । डाक्टरले उनको तत्काल शल्यक्रिया गरे उनको स्वास्थ्यलाई स्थिर पार्न सके तर उनी गहिरो कोमामा गए ।
अस्पताल बसाईंको क्रममा उनको ६ शल्यक्रिया भए । अस्पतालकी एक नर्सले जानकारी दिए अनुसार उनको कोमाको ६२ औं दिनमा उनका दाइले ठट्टा गर्दै भने, ‘भाइ, म तिमीलाई तिम्रो मनपर्ने चिकन फिलेट खुवाउँदैछु ।’
तर अचम्म भइदियो । चियूको पल्स बढ्न थाल्यो र बिस्तारै उनको चेतना खुल्न थाल्यो । पूर्ण रुपमा निको भइसकेका चियू अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । उनी हालै अस्पतालमा डाक्टर र स्वास्थ्यकर्मीलाई धन्यवाद भन्न केक लिएर गएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण