त्यो परेवा जुन २२ करोड रुपैयाँभन्दा बढीमा खरिद गरियो
बेल्जियमको एक रेस परेवा सर्वाधिक १९ लाख डलरमा बिक्रि भएको छ । यो दुई वर्षको पोथी परेवाको नाम न्यू किम हो ।
सुरुमा यसलाई २३७ डलरमा लिलामीमा राखिएको थियो तर चीनका एक व्यक्तिले यसलाई १९ लाख डलरमा खरिद गरे र
नेपाली मुद्रामा यो रकम २२ करोड ५९ लाख रुपैयाँभन्दा पनि बढी हुन्छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार यो परेवा पाल्ने कुर्त वाउवरले खबर सुनेर उनी र उनको परिवार अचम्ममा परेको बताए ।
यसअघि एक चार वर्षको भाले परेवा १४ लाख डलरमा बिक्रि भएको थियो ।
+3
रेसिङ च्याम्पियन परेवाः
अरमान्डो नामको रेसिङ च्याम्पियन परेवालाई परेवाको लुईस हेमिल्टन पनि भनिन्छ । यसले अवकाश पाएपछि सन् २०१९ मा यसलाई बेचिएको थियो ।
यस्तै, न्यू किमले सन् २०१८ मा थुप्रै प्रतिस्पर्धा जितेका छ जसमा नेशनल मिडल डिस्टेन्स रेस पनि समावेश छ । त्यसपछि न्यू किम पनि रिटायर भयो ।
पछिल्ला केही वर्षमा चीनमा परेवाको रेस निकै लोकप्रिय भइरहेको छ ।
अरमान्डोजस्तै न्यू किम खरिद गर्नका लागि दुई चिनियाँ खरिददारले धेरैभन्दा धेरै बोली लगाइरहेका थिए ।
रेसिङ परेवाले १० वर्षको उमेरसम्म बच्चा पैदा गर्नसक्छ ।
यस्तो लाग्छ कि न्यू किमलाई पनि उसको प्रजननका लागि प्रयोग गरिनेछ ।
तर लिलामी गर्नेहरुका अनुसार यसैकारण यो लिलामी थप असाधारण हुने गर्छ ।
लिलामी गर्ने संस्था पीपाका कार्यकारी अधिकारी निकोलासाले रोयटर्सलाई भने, ‘यो रेकर्ड मूल्य अविश्वसनीय छ किनभने यो एक पोथी परेवा हो । धेरैजसो भाले परेवाको मूल्य बढी हुन्छ किनभने यसले बढी बच्चा पैदा गर्नसक्छ ।
निकोलासका अनुसार बेल्जियममा लगभग २० हजार परेवा पालक छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण