११ वर्षकी प्रेमिकालाई लिएर घरबाट भागे १४ वर्षका किशोर, गरे १९०० किमि यात्रा
मङ्गलबार, ०२ मङ्सिर २०७७, १३ : ३५
एक १४ वर्षका किशोरले आफ्नी ११ वर्षीया प्रेमिकालाई पिताको मिनिभ्यान चोरेर घरबाट भागेका छन् । यी दुईलाई घरभन्दा १९ सय किलोमिटर पर भेटियो ।
१४ वर्षका केभिन फिगिउरोसलाई अत्यधिक गतीमा गाडी चलाएको भनेर प्रहरीले पक्राउ गरेको छ । उनलाई घरबाट निस्किएको तीन दिनपछि प्रहरीले भेटेको हो ।
इन्डिपेन्डेन्टमा प्रकाशित समाचार अनुसार ती किशोर र अमाया अर्ग्यूलिस अमेरिकाको ब्रुकलिनमा रहेको आफ्नो घरबाट बिहिबारदेखि हराएका थिए । यी दुईलाई प्रहरीले आइतबार आयोवामा भेटेका हुन् । अब यी दुईलाई न्यूयोर्क लैजाने तयारी गरिँदैछ ।
प्रहरीका अनुसार ती किशोरले १५० किमी प्रति घण्टाको गतीमा कार चलाएका थिए जबकि उक्त सडकमा अधिकतम गती १०४ किमि प्रति घण्टा थियो ।
ती किशोर घरबाट किन भागे भन्ने कुराको कुनै स्पष्ट जानकारी भने छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण