६ गर्भवती महिला लिएर साथीको विवाहमा पुगे युवक, आफूलाई गर्भमा हुर्किरहेका सबै बच्चाको पिता बताए
विवाह समारोहमा एक व्यक्ति ६ गर्भवती महिलालाई लिएर पुगे र उनले ती सबैको गर्भमा हुर्किरहेको बच्चाको बुवा आफू भएको दाबी गरेका छन् । प्रिटी माइक नामका व्यक्तिको फोटो सोसल मिडियामा निकै चर्चाको विषय बनेको छ ।
प्रिटी माइक नाइजेरियामा बस्छन् र ‘प्लेबोय’ को रुपमा चर्चित छन् । यसअघि पनि उनी थुप्रैपटक चर्चामा आइसकेका छन् । सन् २०१७ मा महिलाको आपत्तिजनक फोटो पोस्ट गरेकोमा उनलाई पक्राउ पनि गरिएको थियो ।
प्रिटी माइक आफ्ना साथी विलियम्स उचेम्बाको विवाहमा ६ गर्भवती महिलासहित पुगे । यसै कारण उनी दुलहा–दुलहीभन्दा बढी चर्चा माइकको छ ।
सोसल मिडियामा प्रिटी माइकले आफू सबैभन्दा राम्रो जीवनयापन गरिरहेको बताउँदै यो कुनै एक्टिङ ट्रिक नभएको बताएका छन् । इन्स्टाग्राममा धेरैले उनलाई दुलहा–दुलहीलाई ओझेलमा पारेको आरोप लगाएका छन् ।
प्लेबोयको रुपमा चर्चित यी व्यक्ति आफ्नो ग्ल्यामरस लाइफको फोटो सोसल मिडियामा पोस्ट गरिरहन्छन् । इन्स्टाग्राममा प्रिटी माइकका तीन लाख बढी फलोआर्स छन् । –एनवाई पोस्ट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण