भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघ्यो
एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।
भारतमा विगत चौबीस घण्टाको अवधिमा थप ३८ हजार ७७२ जना थप व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघेको सो मन्त्रालयले जानकारी दिएको हो ।
हाल भारतमा ९४ लाख ३१ हजार ६९२ जना कोरोना भाइरस संक्रमित रहेका छन् । जसमध्ये ८८ लाख ४७ हजार ६०० व्यक्ति संक्रमणमुक्त भएका छन् । सो मन्त्रालयका अनुसार हाल ४ लाख ४६ हजार ९५२ व्यक्ति अझै पनि सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा एकै दिन ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार २३ औं दिन हो ।
भारतमा कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा थप ४४३ जनाको मृत्यु भएको र यो सहित भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ३७ हजार १३९ पुगेको छ । भारतभरी सव भन्दा बढी कोरोना भाइरस प्रभावित राज्य महाराष्ट्र, केरला र राजधानी शहर दिल्ली भएको छ ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषदले भारतमा कूल १४ करोड ३ लाख ७९ हजार नमूना परीक्षण गरेको जनाएको छ । हिजो एकै दिनमा ८ लाख ७६ हजार १७३ व्यक्तिको कोरोना भाइरस परिक्षण भएको समाचारमा जनाइएको छ ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार भारतमा ९३.७१ प्रतिशत कोरोना भाइरसको संक्रमण निको भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण