मास्क नलगाई हिँड्ने १०३० जनालाई जरिवाना

काठमाडौँ । कोरोना संक्रमण नफैलियोस् भनी दाङ प्रहरीले मास्क नलगाएर लापरवाही गरी कोरोनाको जोखिम बढाएको आरोपमा एक महिनामा १०३० जनालाई पक्राउ गरी जरिवाना तिराएर कारबाही गरेको छ । लापरवाहीका कारण संक्रमण बढ्ने सम्भावना हुने जोखिम बढ्ने भन्दै प्रहरीले मास्क नलगाई हिँड्ने उपर कारवाही थालेको हो ।
कोरोनाभाइरस (कोभिड–१९) संक्रमण फैलन नदिन तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालय दाङले जारी गरेको सूचना अवज्ञा गर्ने एक हजार ३० जना कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुमित खड्काले जानकारी दिए ।
विभिन्न स्थानबाट नियन्त्रणमा लिएका एक हजार ३० जनालाई संक्रमण नियन्त्रण ऐन २०२० अन्तर्गत एकसय रुपैयाँ जरिवाना तिराएर छाडिएको खड्काले बताए । कारबाहीमार्फत एक लाख ३० हजार जरिवाना संकलन भएको छ । कात्तिक १९ गतेदेखि मंसिर १९ गतेसम्म एक हजार तीसजना कारबाहीमा परेका हुन् ।
विभिन्न क्षेत्रमा मास्क नलगाएर आवतजावत गर्ने तथा भिडभाड गरेर सामाजिक दुरीको अवज्ञा गर्नेहरुलाई प्रहरी प्रशासनले कडाई गर्ने अभियान थालेपछि माक्स नलगाउने कारवाहीमा परेका हुन् । जिल्ला प्रशासन कार्यालय दाङले मास्क नलगाई हिँड्नेलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिएलगत्तै जिप्रका दाङ प्रहरीले व्यापक मात्रामा प्रहरी परिचालन गरेको थियो ।
जिप्रका दाङले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्नको लागि जिल्ला प्रशासन कार्यालय दाङद्धारा जारी गरिएका सूचनाहरु पालना गरी संक्रमण फैलन नदिन सहयोग गरिदिन अनुरोध समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
अमेरिकाको डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह
-
१० बजे, १० समाचार : तीन दलको बार्गेनिङदेखि एनआरएनएको एकता महाधिवेशनसम्म