संसारकै सबैभन्दा सस्तोमा घर पाउने गाउँ, एउटा घरको मूल्य १ युरो
एजेन्सी । इटालीमा एउटा यस्तो गाउँ छ, जहाँ अहिले १ युरोमा धमाधम घरहरु विक्री वितरण भैरहेको छ । कास्ट्रोपेग्नानो नामको उक्त गाउँको जनसंख्या ९ सय रहेको छ । संसारमा सबैभन्दा सस्तोमा घर बेच्ने गाउँ पनि कास्ट्रोपेग्नानो नै भएको छ । इटलीको मोलिजको मध्यक्षेत्रमा पर्ने यो गाउँको एउटा घरको मूल्य प्रशासनले १ युरो तोेकेको छ । यो योजना स्थानीय प्रशासनले सुरु गरिसकेको छ ।
कास्ट्रोपिनो सस्तो घर दिने विश्वको पहिलो गाउँ बनेको छ । सन् १९३० को खशकमा यो गाउँमा २५ सय मानिसहरुको बसोबासो रहेको थियो । दोश्रो विश्वयुद्धको क्रममा धेरै मानिसहरु यहाँबाट बसाइँ सरेका थिए । त्यस्तै सन् १९६० पछि धेरै युवा युवतीहरुले रोजगारी र अन्य अवसरहरुका लागि गाउँ छोडे ।
अहिले सो गाउँमा ६० प्रतिशत मानिसहरु ७० वर्षभन्दा माथिका रहेका छन् । अहिले स्थानीय प्रशासन उक्त गाउँलाई पुनःस्र्थापित गर्ने अभियानमा लागेको छ । त्यसकारण पनि निकै सस्तोमा घरहरु किनबेच भैरहेको छ । यसभन्दा पहिले स्थानीय प्रशासनले घरमुलीहरुलाई सूचना पठाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण