पाकिस्तानी नायिकासँग रणबीरले ताने चुरोटः बुवा ऋषिले भने, ‘उनीहरु वयस्क हुन्’
पाकिस्तानी नायिका माहिरा खानसँग भाइरल भएको फोटोका कारण रणबीर कपूर चर्चामा छन् । उक्त फोटोमा यी दुई सँगै चुरोट तानिरहेको देख्न सकिन्छ । उनीहरुको फोटो सार्वजनिक भएपछि सोसल मिडियामा विभिन्न प्रकारका प्रतिक्रिया आइरहेका छन् । यो फोटोमा ऋषि कपुरले उनीहरुको बचाउ गरेका छन् ।
ऋषिले भने, ‘जवान छ मेरो छोरा र अविवाहित पनि, उसले जसलाई पनि भेट्न सक्छ’
ऋषिले केही समय अघि एक चर्चित वेबसाइटलाई दिएको अन्तर्वार्तामा भने, ‘मैले बिहान मात्र यो फोटो देखेको हुँ र म यस्तो कुराको केही चिन्ता गर्दिन । त्यसकारण कृपया मलाई यसबाट टाढै राख्नुहोस् । ’
‘फोटोमा जे देखिएको छ, त्यसबारे रणबीरलाई नै सोध्नुहोस् । मैले यी फोटो ट्वीटरमा मात्र देखेको हुँ किनभने इन्स्टाग्राम र फेसबुकमा म छैन ।’
‘तपाईंलाई थाहा छ कि रणबीर जवान स्टार र अविवाहित हुन् । उनी अविवाहित भएकाले जोसुकैलाई भेट्न सक्छन् ।’
‘त्यसकारण मानिसहरुले उनीहरुको गोपनियतालाई सम्मान गर्नुपर्छ । यो फोटोबारे म केही पनि भन्दिनँ । रणबीर जवान भएकाले उनले जोसुकैलाई भेट्ने छुट छ ।’
उनी थप्छन्, ‘अमेरिकामा निकै कडा नियम छ तपाईं सार्वजनिक स्थलमा चुरोट तान्न सक्नुहुन्न । म योभन्दा बढि केही पनि भन्न चाहन्नँ किनभने मलाई यसबारे धेरै जानकारी नै छैन ।’
‘यदि यी दुबै एक–अर्कालाई डेट गरिरहेका भए मुम्बईबासीलाई किन थाहा छैन ? यदि दुबै न्यूयोर्कमा जुलाइमा भेटेका थिए भने जब रणबीर फिल्मको सुटिङ गरिरहेका थिए भने अहिलेसम्म उनीहरुको मुम्बईका नयाँ फोटो किन सार्वजनिक भएनन् । यी सब अफवाह हुन्, त्योभन्दा बढि केही होइन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण