प्रेमीले समय बर्बाद गरिदिएको भन्दै युवतीले ठोकिन् मुद्दा
आठ वर्षसम्म सम्बन्धमा रहँदा पनि विवाह नगरेपछि एक युवतीले आफ्ना प्रेमीविरुद्ध मुद्दा ठोकेकी छिन् । युवतीले प्रेमीले आफ्नो समय बर्बाद गरिदिएको आरोप लगाएकी छिन् । युवतीको उमेर २६ वर्ष हो ।
tuko.co.ke को रिपोर्ट अनुसार युवतीले आफ्ना प्रेमी सम्बन्धमा रहँदा कहिल्यै पनि सिरियस नभएकोले आफूले मुद्दा नै ठोक्नुपरेको बताइन् । युवतीले आफ्नो भविष्य के होला भनेर जान्ने अधिकार भएको बताएकी छिन् ।
२६ वर्षकी युवतीको नाम गरट्रूडे नगमा हो र यो घटना अफ्रिकी देश जाम्बियाको हो । प्रेमी हर्बर्ट सलालिकीको उमेर २८ वर्ष हो । नगमाका अनुसार प्रेमीसँग उनको एक सन्तान पनि जन्मिसकेको छ र प्रेमीले विवाहको बचन पनि दिएका थिए ।
यता प्रेमीले भने आफू आर्थिक कारणले तत्काल विवाहका लागि राजी नभएको जानकारी दिए । स्थानीय प्रचलन अनुसार हर्बर्टले दाइजोको रकम पनि स्विकारिसकेको ती युवतीले बताएकी छिन् ।
युवतीले अदालतसमक्ष आफू विवाहको प्रतिक्षा गर्दागर्दै थकित भइसकेको बताएकी छिन् ।
युवतीले अब उनलाई प्रेमीको आचरणमा नै शंका लागिरहेको बताएकी छिन् । सलालिकीको अन्य कुनै महिलासँग अफेयर भएको हुनसक्ने उनले आशंका गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण