बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पाकिस्तानी नायिकासँग सिगरेट पिउँदै गरेको रणवीरको तस्विर भाइरल, बचाउमा यस्तो भने

आइतबार, ०८ असोज २०७४, १५ : ४१
आइतबार, ०८ असोज २०७४

मुम्बई । पाकिस्तानी नायिका माहिरा खानसँग हालै भाइरल भइरहेको तस्विरका कारण रणवीर कपुर चर्चामा छन् । फोटोमा दुवै न्युयोर्कको सडकमा सँगै चुरोट पिउँदै गरेको मात्र देखिएको छैन, माहिराको ढाडमा ‘लभ बाइट’ को निशान पनि देखिएको छ ।

यसबारे सामाजिक सञ्जालमा ब्यापक चर्चा भएपछि रणवीरले यसबारे चुप्पी तोडेका छन् ।

माहिराको बचाउमा उत्रिए रणवीर
रणवीरले हालै एक वेबसाइटसँगको अन्तर्वार्तामा भने, ‘म महिरालाई केही महिनादेखि व्यक्तिगतरुपमा चिन्छु ।’

उनले थपे, ‘उनी ती व्यक्तिहरुमा पर्छन् जसको म सम्मान गर्छु । म महिराको उपलब्धिका लागि उनको इज्जत गर्छु । माहिराबारे अहिले जसरी व्यक्तिहरुले कुरा गरिरहेका छन्, त्यो गलत छ ।’

रणवीरले माहिरा महिला भएको भन्दैमा उनको आलोचना गर्न नहुने बताएका छन् । उनले माहिराको बारेमा नाकारात्मक टिप्पणी नगर्न पनि आग्रह गर्दै भने, ‘धुम्रपान र घृणा दुवै स्वास्थ्यका लागि हानिकारक छ ।’

न्यूयोर्कमा भएको थियो भेट

भाइरल भइरहेको तस्विर अमेरिकाको न्युयोर्कको हो । रणवीर जुलाई २०१७ मा सञ्जय दत्तको जीवनीमा आधारित चलचित्रको शुटिङका लागि न्यूयोर्कमा थिए । त्यहाँ माहिरा रणवीरसँग भेट्न पुगेका थिए । यो फोटो त्यही बेलाको हो ।

सन् २०१७ को मार्चमा नै दुई जनाको सम्बन्धको बारेमा खबरहरु आउन थालेको थियो । ग्लोबल टिजर प्राइजका दौरान दुवैसँगै उपस्थित भएका थिए । रेड कार्पेटमा पनि सँगै देखिएका थिए ।

माहिरा सन् २०१७ मा शाहरुख खानको चलचित्र रइसमा देखिएकी थिइन् । एक छोराकी आमा माहिराले आफ्नो पतिसँग सम्बन्ध विच्छेद गरेकी थिइन् ।

सन् २००७ मा अली अस्कारीसँग उनीहरुको विवाह भएको थियो भने सन् २०१५ मा सम्बन्ध विच्छेद ।

उता, लामो समय कटरिना कैफसँग सम्बन्धमा रहेका रणवीरको पनि हालै मात्र ब्रेकअप भएको हो ।

माहिराको आलोचना भएपछि पाकिस्तानी कलाकारहरुले उनको समर्थन गर्दै उनलाई उनको जिन्दगी जिउन दिन आग्रह गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप