त्रिभुवन विमानस्थलबाट भन्सार छलीको मोबाइल बरामद
बिहीबार, ०९ पुस २०७७, १२ : ३७
काठमाडौं । त्रिभुवन विमानस्थलबाट प्रहरीले भन्सार छलीका मोबाइल र लत्ताकपडा बरामद गरेको छ । हङकङबाट भन्सार छलेर ल्याएको महँगो मूल्यका १३ वटा मोबाइल र कपडासहित करिब १५ लाख ७५ हजार मूल्यको सामान बरामद गरिएको विमानस्थल प्रहरीले जनाएको छ ।
हङकङबाट नेपाल फर्केका यात्रुमार्फत मगाएको सामान भन्सार छलेर कालिमाटी घर भएका बिपिन मानन्धरले आगमनतर्फको पार्किङ क्षेत्रमा संकलन गरेका थिए ।
नेपाल एयरलाइन्सको उडान नम्बर आरए–४१० बा ल्याएको सो सामान सहित प्रहरीले बिपिनलाई पनि पक्रेको छ । कस्मेटिक सामान, ज्याकेट, स्विटर र मोवाइलसहित उनलाई भन्सार कार्यालयमा पठाइएको महानगरीय प्रहरी त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
-
फिर्केखोला संरक्षणमा चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण