शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिभुवन विमानस्थलबाट भन्सार छलीको मोबाइल बरामद

बिहीबार, ०९ पुस २०७७, १२ : ३७
बिहीबार, ०९ पुस २०७७

काठमाडौं । त्रिभुवन विमानस्थलबाट प्रहरीले भन्सार छलीका मोबाइल र लत्ताकपडा बरामद गरेको छ । हङकङबाट भन्सार छलेर ल्याएको महँगो मूल्यका १३ वटा मोबाइल र कपडासहित करिब १५ लाख ७५ हजार मूल्यको सामान बरामद गरिएको विमानस्थल प्रहरीले जनाएको छ ।

हङकङबाट नेपाल फर्केका यात्रुमार्फत मगाएको सामान भन्सार छलेर कालिमाटी घर भएका बिपिन मानन्धरले आगमनतर्फको पार्किङ क्षेत्रमा संकलन गरेका थिए ।

नेपाल एयरलाइन्सको उडान नम्बर आरए–४१० बा ल्याएको सो सामान सहित प्रहरीले बिपिनलाई पनि पक्रेको छ । कस्मेटिक सामान, ज्याकेट, स्विटर र मोवाइलसहित उनलाई भन्सार कार्यालयमा पठाइएको महानगरीय प्रहरी त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप