औषधी लिमिटेडको महाप्रबन्धकमा तीन जनाको नाम सिफारिस
काठमाडौं । नेपाल औषधी लिमिटेडको महाप्रबन्धकमा तीन जना सिफारिस भएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्धारा गठित महाप्रबन्धक छनोट तथा सिफारिस समितिले ह्वाङ्दी ८, गुल्मीका अर्जुन अर्याल, राजपुर २, रौतहटका मोहम्मद सफिउल्लाह र महालक्ष्मी ८, ललिपुरका राजकुमार थापालाई महाप्रबन्धकमा सिफारिस गरेको हो ।
आइतबार एक सूचना गर्दै मन्त्रालयले ‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति र मनोनयन सम्बन्धी निर्देशिका, २०७७’ को दफा ८ को १ बमोजिम गठित सिफारिस समितिको गत पुस ८ गतेको सिफारिस अनुसार उम्मेदवारहरुको शैक्षिक योग्यता, अनुभव, व्यावसायिक कार्ययोजनाको मूल्याङ्कन, व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्तामा उच्चतम अंकका आधारमा वर्णानुक्रम अनुसार उम्मेदवार सिफारिस गरिएको बताएको छ ।
मन्त्रालयले हाल रिक्त रहेको लिमिटेडको महाप्रबन्धक पदपूर्तिका लागि गत भदौ ३ गते गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरेको थियो । उक्त सूचना मार्फत परेका दरखास्तबाट लिखित मौखिक तथा प्रयोगात्मक परीक्षाबाट उत्तीर्ण भएका अन्तिम तीन उम्मेदवारको नाम मन्त्रालयले सिफारिस गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण