छोरी निशालाई यी सबै कुरा सिकाउन चाहन्छिन् सन्नी लियोन
भारतको लातूरकी एक बालिकालाई धर्मपुत्रीको रुपमा स्विकार्ने अभिनेत्री सन्नी लियोनले छोरीसँगको हरेक सेकेन्डको आनन्द उठाइरहेको र उनी छोरीलाई संसार देखाउन र धेरैभन्दा धेरै कुरा सिकाउन आतुर भएको बताएकी छिन् । उनले गत जुलाईमा निशा कौर वेबरलाई छोरीको रुपमा स्विकारेकी थिइन् ।
सन्नीले भनिन्, ‘मेरो पूरा जीवन राम्रोका लागि परिवर्तन भएको छ । म उनीसँगको हरेक सेकेन्डको आनन्द उठाइरहेकी छु । म योभन्दा बढि अरु केही माग्न सक्दिनँ । हामी वास्तविक रुपमै भाग्यमानी छौं । मलाई आमा बनेकोमा निकै आनन्द आइरहेको छ ।’
उनी भन्छिन्, ‘यो मेरो जीवनको सबैभन्दा राम्रो अनुभव हो र उनलाई घुमाउन र धेरैभन्दा धेरै कुरा सिकाउनका लागि अब प्रतिक्षा गर्न सक्दिनँ ।’ ‘रईस’ र ‘भूमि’ जस्ता फल्ममा विशेष डान्स नम्बर गर्ने अभिनेत्रीले भनिन्, ‘मलाई लाग्दैन कि कुनै एक कुरा लामो समयसम्म टिक्न सक्छ । त्यसकारण म विश्वमा जहाँ छु, त्यहाँ सधैं खुसी रहन्छु ।’
फ्रेगरेन्स र कस्मेटिक उत्पादनकी व्यवसायी र आफ्नै प्रोडक्शन हाउस सम्हाल्ने पूर्व एडल्ट फिल्म स्टार सन्नीले भनिन््, ‘मैले आफ्नो व्यवसायलाई १८ वर्षदेखि सम्हाल्दै आइरहेकी छु र मलाई आफ्नो व्यवसायप्रति निकै प्रेम छ । मेरो सबैभन्दा ठूलो प्यासन आफ्नै एउटा व्यवसाय होस् भन्ने थियो । म निकै सोचेर नै केही कदम उठाउने गर्दछु । मेरो एउटा मात्र निश्चित योजना यो हुन्छ कि म सधैं अगाडि बढिरहुँ र खतरा मोलिरहुँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण