अमेरिकामा दशकौंपछि एक महिलालाई मृत्युदण्ड दिइयो
बुधबार, २९ पुस २०७७, १४ : १८

वासिङ्टन । संयुक्तराज्य अमेरिकामा झण्डै सात दशकपछि पहिलो पटक एकजना महिलालाई अमेरिकी संघीय कानुन बमोजिम मृत्युदण्ड दिइएको छ । एक गर्भवती आमालाई हत्या गरेको अभियोगमा जेल सजाय भोगिरहेकी ५२ वर्षीया लिसा मन्टगमेरीलाई घातक सूई लगाएर बुधबार मृत्युदण्ड दिइएको अमेरिकी न्याय विभागले जनाएको छ ।
ती महिलालाई इन्डियाना राज्यको टेरी हट कारागार राखिएको थियो । मन्टगमेरीले सन् २००४ मा गर्भमा रहेको शिशु चोर्ने अभिप्रायले २३ वर्षीय एक महिला बबी जो स्टिनेटको पेट चिरेर हत्या गरेकी थिइन् ।
अमेरिकी सर्वोच्च अदालतले मन्टगमेरीलाई मृत्युदण्ड दिनेसम्बन्धी एक आदेश जारी गरेको केही घण्टापछि मृत्युदण्ड दिइएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गम्भीर अपराधमा संलग्नलाई संघीय कानुन बमोजिम मृत्युदण्ड दिनेगरी कार्यकारी आदेश जारी गरेका थिए । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका ३ राज्यका ११ सहरहरूमा पाकिस्तानी ड्रोन हमला
-
पोखराबाट सातै प्रदेशमा हवाई उडानको तयारी
-
विपिन जोशीबारे अझै केही सूचना आएन
-
१० बजे १० समाचार : नगरकोटबाट पूर्वराजाको सक्रियतादेखि रवीन्द्रलाई अर्को ‘आपत’सम्म
-
राजश्व छलीमा तीन करोड असुली गर्न माग गर्दै मुद्दा दर्ता
-
पाकिस्तानी हमलाले रोकियो आईपीएल, दर्शकलाई रङ्गशाला बाहिर निकालियो