अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ लाख पार
मंगलबार अमेरिकामा कोरोनाभाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ ।
जोन होपकिन्स युनिभिर्सिटीको ड्याशबोर्डको आँकडा अनुसार मंगलबार बेलुकासम्म अमेरिकामा ४,०१,५३३ जनाको कोभिड–१९ का कारण मृत्यु भइसकेको छ ।
अमेरिकामा लगभग यति नै मानिस दोस्रो विश्वयुद्धको क्रममा मारिएका थिए जुन तीन वर्ष ९ महिनासम्म चलेको थियो ।
जो बाइडेन प्रशासनमा सेन्टर फर डिजिज कन्ट्रोल तथा प्रिभेन्सनका हुन लागेका प्रमुख रोशेल वेलेनस्कीले फेब्रुअरीको मध्यसम्म कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ५ लाखसम्म पुग्न सक्ने अनुमान लगाएका छन् ।
संसारभरी कोरोनाका कारण हालसम्म २० लाख ५६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । यीमध्ये सबैभन्दा बढी मृत्यु अमेरिकामा भएको छ ।
कोरोनाका कारण मृत्युको मामिला अमेरिकापछि ब्राजिल, भारत, मेक्सिकोलगायतका देशमा सर्वाधिक छ । जहाँ ब्राजिलमा हालसम्म कोरोनाका कारण २,११,४९१ मानिसको मृत्यु भएको छ भने भारतमा १,५२,५५६ मृत्यु, मेक्सिकोमा १,४२,८३२ र यूकेमा ९१,६४३ मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण