पशुपति मन्दिर परिसरमा महिलाको हत्या, २ जना पक्राउ
काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा ३५ वर्षीया महिलाको हत्या भएको छ । मन्दिर परिसरमा मागेर गुजारा चलाउँदै आएकी बबितादेवी चौधरीको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । हत्यामा संलग्नताको आशंकामा प्रहरीले मृतक चौधरीका श्रीमान ३८ वर्षीय रवि चौधरी र नुवाकोट घर भएकी अनु थापा उर्फ ठुलो चल्लीलाई पक्रेको छ ।
अनुको मोवाइल चोरेको आरोपमा तीन दिनअघि उनी सहितका केही केटाले बबितालाई कुटेका थिए । मृत्यु भएपछि उनको शव जलाउने प्रयास गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । ‘सामान्य जलेको अवस्थामा शव बरामद गरेका छौं’ महानगरीय प्रहरी वृत्त गौशालाका इन्सपेक्टर जनक ढुंगानाले भने– ‘शंकास्पद दुई जनालाई पक्राउ गरेर अनुसन्धान शुरु गरेका छौं ।’
बबिताको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । उनी दुई वर्षदेखी मन्दिर परिसरमा मागेर गुजारा चलाउँदै आएकी थिइन् । हत्यामा संलग्नहरुले चाउचाउको काटुर्न प्रयोग गरेर शव जलाउने प्रयास गरेको तर, नजलेपछि गाड्नका लागी खाल्डो समेत खनेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
-
तीन प्रतिशत शिक्षा समता शुल्क नलिने निर्णय कार्यान्वयन गर्न मन्त्रालयकाे आग्रह
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण