नयाँ अध्ययन भन्छ – कोरोनाले वीर्यमा क्षति गर्नसक्छ
कोभिड १९ को गम्भीर संक्रमणले मानिसको वीर्यको गुणस्तरलाई पार्न सक्ने तथा उसको प्रजनन्मा सम्भावित असर गर्नसक्ने नयाँ अध्ययनले जनाएको छ । बिहीबार जर्नल रिप्रडक्सनमा प्रकाशित अध्ययनमा भनिएको छ, ‘यो रिपोर्टले कोभिड–१९ संक्रमणले वीर्यको गुणस्तर तथा पुरुषको प्रजनन् सम्भाव्यतामा क्षति पु¥याउने पहिलो सिधा प्रमाण फेला पारेको छ ।’
यद्यपि, अन्य विज्ञहरुले यसको निष्कर्षबारे तत्कालै शंका व्यक्त गरेका छन् । उनीहरुले अध्ययनको निष्कर्षलाई अति सामान्यीकरण गरेर प्रस्तुत गरिएको भन्दै औँला उठाएका छन् । ‘म उनीहरुको यस तथ्यप्रतिको व्याख्याप्रति औला उठाउन चाहन्छु । उदाहरणका लागि, लेखकहरुले उनीहरुको तथ्याङले ‘कोभिड १९ संक्रमणले पुरुषको प्रजनन् क्षमतामा ठूलो क्षति पु'-याउने’ भनेका छन् । जबकी, अहिलेसम्म वास्तविक रुपमा यसले यी दुई विषय अन्तरसम्बन्धित रहेको मात्रै दखाउँछ,’ बेलायतको साउथ योर्कसायरस्थित सेफिल्ड विश्वविद्यालयकी प्रोफर एलन पेसीले भने ।’
‘फ्लुजस्ता कुनै पनि भाइरसबाट बिरामी हुँदा अस्थायी रुपमा केही साता वा महिनाका लागि वीर्यको संख्या कम हुनसक्छ (कहिलेकाँही जिरो हुनसक्छ) । त्यसैले यो अध्ययनले नियालेको वीर्यको कमी कुन हदसम्म बिरामीले मात्रै नभएर कोभिड–१९ कै कारण हो भनेर खुट्टाउन मुस्किल छ,’ इम्पेरियल कलेज लण्डनकी डाक्टर चान्ना जयसेनाले भनिन् ।
‘यो कुरा ध्यानमा राख्न महत्त्वपूर्ण छ कि कोभिड–१९ भाइरस वीर्यमा भएको कुनै प्रमाण छैन र वीर्यमार्फत् यो भाइरस फैलनसक्ने पनि कुनै प्रमाण छैन,’ बेलायतको न्युक्यासल विश्वविद्यालयस्थित इन्टरनेशनल सेन्टर फर लाइफअन्तर्गत न्युक्यासल फर्टिलिटी सेन्टरका प्रमुख एलिसन मुर्डोकले भने । यस अध्ययनका क्रममा कोभिड–१९ नभएका १ सय ५ जना पूरुष र कोभिड १९ भएका ८४ जना पूरुषलाई सहभागी गराइएको थियो र उनीहरुको वीर्यलाई १० दिनको अन्तरमा ६० दिनसम्म विश्लेषण गरिएको थियो ।
कोभिड १९ नभएका स्वास्थ मानिसको दाँजोमा कोभिड–१९ भएका पूरुषको वीर्यमा इन्फ्लेमेसन र अक्सिडेटिभ स्ट्रेसको मात्रा निकै बढेको अध्ययनमका दौरान भेटिएको थियो । वीर्यको कन्सर्नट्रेशन, मोबिलिटी र आकार पनि भाइरसका कारण नकारात्मक रुपमा प्रभावित भएको अध्ययनबाट देखिएको थियो । रोगको कठोरतासँगै यस्तो असर पनि बढेको अध्ययनले देखाएको छ ।
स्रोतः सीएनएन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जिम्बावेलाई हराउँदै भारतद्वारा टी–ट्वान्टी शृङ्खला ‘क्लिन स्वीप’
-
बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि
-
सरकारमा हुँदा गोर्खा र नागरिकताको मुद्दा सम्बोधन गर्न नसक्नु गल्ती : शेरधन राई
-
कतारका प्रधानमन्त्री र साउदी विदेशमन्त्रीबिच फोन वार्ता
-
पोखरा स्पोर्टस् अवार्डबाट ७ लाख ७१ हजार बचत
-
बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण