घरेलु मैदानमा रियल स्तब्ध
१० खेलाडीमा सिमित रियल म्याड्रिड आफ्नो घरेलु मैदानमा लेभान्तेसँग पराजित भएको छ । पराजयसँगै रियल शीर्ष स्थानमा रहेको एथ्लेटिकोभन्दा ७ अंकले पछि परेको छ । डिएगो सिमिओनीको टोलीले रियलभन्दा दुई खेल कम खेलेको छ ।
शनिबारको खेलमा जिनेदिन जिदानले घाइते कप्तान सर्जियो रामोशको स्थानमा एडर मिलिटाओ र राफायल भरानको जोडीलाई मौका दिएका थिए । तर त्यो ९ मिनेट मात्र टिक्यो । मिलिटाओले सर्जियो लियोनलाई पेनाल्टी एरिया बाहिर लडाएपछि भिडियो एसिस्टेन्ट रेफ्रीको मद्दतले रातो कार्ड पाए ।
तर, लगत्तै मार्को असेन्सियोले टोनी क्रुसको पासमा रियललाई अग्रता दिलाए । यद्यपि, यो लामो समय टिक्न सकेन । लेभान्तेका कप्तान होजे लुइस मोरालेसले खेलको ३२ औँ मिनेटमा खेल बराबरी गरे ।
दोस्रो हाफमा रोजर मार्टीको पेनाल्टीलाई रियलका गोलकिपर थियाबट कोर्टवाले बचाउ गरे पनि उनले नै ७८ औँ मिनेटमा निर्णायक गोल गरे ।
ला लिगामा पछिल्लो १० खेलमा रियलको यो पहिलो पराजय हो । तर, पछिल्ला चार खेलमध्ये रियलले ३ खेलमा हार ब्यहोरेको छ ।
अन्य खेलमा सेभियाले इबारलाई २–० ले हरायो भने भ्यालेन्सियाले इल्चेलाई १–० ले पराजित गर्यो । भिल्लेरियाल र रियल सोसिडाडले १–१ को बराबरी खेले ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण