बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हनिमूनमा जानुपहिले रियाको बोल्ड जवाफ – ‘मेरो बच्चा कुनै योजना अनुरुप हुनेछैन’

शनिबार, २१ असोज २०७४, १२ : ४२
शनिबार, २१ असोज २०७४

बलिउड नायिका मुनमुन सेनकी छोरी रिया सेनले यसै वर्ष अगस्टमा व्यापारी प्रेमी शिवम तिवारीसँग पुणेमा विवाह गरिन् । नीजि समारोहमा भएको उक्त समारोहमा दुबै पक्षका परिवारका सदस्य र नजिकका साथीहरुको उपस्थिती थियो । विवाहपछि अब रिया अक्टोबर ८ तारिखमा हनिमून मनाउनका लागि एम्सटर्डम जाँदैछिन् । स्मरण रहोस् शिवम् तिवारी फोटोग्राफर हुन् । उनी धेरैजसो थुप्रै ट्राभल ट्रिप र डेस्टिेनेशनको फोटो सोसल मिडियामा सेयर गर्दछन् ।

गर्भवती भएको प्रश्नमा रियाले यस्तो भनिन्ः

केही मिडिया रिपोर्टले रिया विवाह अघि गर्भवती भएको बताएका थिए । यसै कारण उनले चाँडै नै गोप्य रुपमा विवाह गर्ने निर्णय लिएको पनि दाबी गरिएको थियो । यसबारे रियालेृ भनिन्, ‘होइन म गर्भवती छैन ।’

एक चर्चित वेबसाइटसँगको कुराकानीमा रियाले भनिन्, ‘मलाई आफ्नो पहिलो सन्तानको कुनै हतार छैन । मैले आफ्नो जीवनमा कुनै पनि योजना बनाएको छैन । यस्तोमा मेरो सन्तान पनि कुनै योजना अनुरुप हुनेछैन । उनी जतिबेला पनि आउनसक्छन् । (हाँस्दै)

‘म यो रोमान्टिक यात्राका लागि निकै उत्साहित छु । हामी एम्सटर्डम जाँदै छौं । यसलाई तपाईंहरु मिनी–हनिमुन भन्न सक्नुहुन्छ ।’

रियाका अनुसार शिवमको एम्सटर्डमा एक प्रदर्शनी छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप