बेलायतमा कोरोनाबाट चार महिना पछिकै कम मृत्यु
लन्डन । सोमबार सार्वजनिक तथ्याङ्कअनुसार बेलायतमा कोरोना संक्रमणका कारण दैनिक मृत्यु हुनेको संख्या चार महिनायताकै कम भएको छ । पछिल्लो २४ घन्टामा थप १०४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
दैनिक मृतक संख्याको आधारमा सोमबारको यो तथ्याङ्क चार महिना पछिकै कम भएको अधिकारीहरुले बताएका छन् । यससँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख २२ हजार ९५३ पुगेको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले जानकारी दिएको छ ।
यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ५ हजार ४४५ जना नयाँ संक्रमित थपिएका छन् । दैनिक संक्रमित संख्या पनि विगत केहि महिनायताकै न्यून हो । थपिएका नयाँ संक्रमितसँगै बेलायतमा संक्रमितको संख्या ४१ लाख ८२ हजार नाघेको छ ।
हाल यहाँका अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितको संख्या पनि घटेर १५ हजारभन्दा तल झरेको छ । यसैगरी भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या एक हजार ९७१ छ ।
दुई करोड २ लाख ७५ हजार बढीले लगाए खोप
बेलायतमा हालसम्म पहिलो र दोस्रो गरि दुई करोड १० लाख ९१ हजार २६७ भन्दा डोज भ्याक्सिन वितरण भैसकेको छ । सोमबार सार्वजनिक तथ्याङ्कअनुसार २ करोड २ लाख ७५ हजार ४५१ जनाले पहिलो डोज लिएका छन् । यसैगरी ८ लाख १५ हजार ८१६ जनाले खोपको दोस्रो डोज लिएका छन् ।
बेलायत सरकारले विभिन्न प्राथमिकता निर्धारण गरेर खोप वितरण गरिरहेको छ । आउँदो जुलाईसम्म देशभरका सबै वयस्क जनसंख्यालाई खोप दिइसक्ने सरकारको लक्ष्य छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण