३४ पुगिन् अभिनेत्री श्रद्धा
मुम्बई । बलिउडकी सुन्दर अभिनेत्री श्रद्धा कपुरको आज जन्मदिन परेको छ । उनले आज आफ्नो ३४ औं जन्मदिन मनाउँदैछिन् । तर उनी अहिले २२ वर्षजस्तो देखिन्छिन् । छोटो समयमा उनी बलिउडमा राम्रो पहिचान बनाएर लाखौं मानिसको दिलको धड्कन बन्न सफल छिन् ।
श्रद्धाले फिल्म करियरको सुरुवात सन् २०१० को फिल्म ‘३ पति’ बाट गरेकी थिइन् । उनको यो फिल्म फ्लप भएको थियो । त्यसपछि उनले फिल्म ‘लवका द इन्ड’ अभिनय गरिन् । फिल्ममा उनले टीन एजरको भूमिका निर्वाह गरेकी थिइन् । उनको अभिनयले प्रशंसा समेत पाएको थियो ।
श्रद्धा २०१३ मा मोहित सुरीको फिल्म ‘आशिकी २’मा पनि देखिएकी थिइन् । यो फिल्मको भूमिकाबाट उनी रातारात स्टार बनिन् । यस फिल्मको गीत समेत सुपरहिट साबित भएका थिए । श्रद्धा ‘एक विलेन’, ‘ओके जानु’, ‘हाफ गल्फ्रेण्ड’, ‘बागी’ जस्ता फिल्मका अभिनेत्री पनि हुन् । श्रद्धा अभिनेत्रीको अलवा राम्रो डान्सर पनि हुन् । श्रद्धा कहिल्यै पनि पर्सन लाइफको कारणले चर्चामा नआउने अभिनेत्रीमा समेत पर्छिन् ।
उनी फोटोग्राफर रोहन श्रेष्ठलाई डेट गरिरहेको अहिले चर्चा छ । दुवैको अर्काेसँग लामो चिनजान हो । अहिले उनीसँग ‘स्त्री २’ र ‘नागिन’ जस्ता फिल्म साथमा छन् । श्रद्धा ‘लव रन्जन’ फिल्ममा रणवीर कपुरका साथ पनि देखिनेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण