दाङमा ११ वर्षीय बालिका बलात्कृत, दुईजना पक्राउ
दाङ । दाङको बबई गाउँपालिकास्थित ट्वाङखोलामा ११ वर्षीय बालिका बलात्कारको शिकार भएकी छन् । मंगलबार साँझ ६ बजेतिर दही किनेर फर्केकी बालिकालाई ट्वाङखोला भन्ने ठाउँमा १३ वर्षीय बालकले बलात्कार गरेका हुन् । बलात्कारमा संलग्न आरोपमा प्रहरीले १२ र १३ वर्षीय दुईजना बालकलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार ट्वाङखोला जंगलमा तरकारी खोज्न गएका दुई बालकले बालिका देखेपछि आक्रमण गरेका थिए । ईलाका प्रहरी कार्यालय खिलतपुरका इन्स्पेक्टर मोहन विक्रम केसी नेतृत्वको टिमले दुवै बालकलाई पक्राउ गरेको हो ।
पीडित बालिकाकी आमा बिरामी छन् । दिदीको दुवै मिर्गौला ‘फेल’ छ । आमाको लागि दही किन्न स्थानीय खयरबुट्टी बजारमा गएर फर्किँदै गर्दा बालिकालाई दुई बालकले जंगलमा घेरा हालेका थिए । बालिकासँगै गएका उनका भाइलाई एकजनाले हप्काउँदै घटनास्थलबाट लखेटेको र १३ वर्षीय बालकले चाहिँ बलात्कार गरेको पीडितले प्रहरीलाई बताएकी छिन् ।
‘दुईजना बालक पक्राउ परेका छन्,’ जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले रातोपाटीसँग भने, ‘थप अनुसन्धान गर्दैछौं ।’ मुख थुनेर बालिका बलात्कार गरेपछि आरोपीले ‘कसैलाई भनेमा राम्रो नहुने’ धम्की दिएका थिए । दही खान दिन्छु र पैसा पनि दिन्छु भनेर बालिका त्यहाँबाट उम्केको घटनास्थलमा रहेका इन्सपेक्टर मोहनविक्रम केसीले रातोपाटीलाई बताए । बालिकालाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ । बालिकाको योनीबाट रगत बगिरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण