बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

१४ बालबालिका पढाउँदै मिस युनिभर्स नेपाल अंशिका

बुधबार, २६ फागुन २०७७, १५ : ५०
बुधबार, २६ फागुन २०७७

काठमाडौँ । ‘मिस युनिभर्स नेपाल २०२०’की विजेता अंशिका शर्माले झापाका १४ बालबालिका पढाउने भएकी छन् । उनले ‘सबैका लागि गुणस्तरीय शिक्षा’ अभियान मार्फत १४ बालबालिका पढाउन लागेकी हुन् । बालबालिकालाई गुणस्तरीय शिक्षा प्राप्त गर्न टेवा पुगोस् भनेर उनले ‘अंशिका शिक्षा कल्याण फाउण्डेशन’ समेत गरेकी छन् । जसको अक्षय कोषमा उनले आफुले मिस नेपाल युनिभर्स विजेता बने बापत प्राप्त गरेको १० लाख समेत जम्मा गरेकी छन् ।
अंशिकाले एक विज्ञप्ति जारी गर्दै ‘अंशिका शिक्षा कल्याण फाउण्डेशन’ झापाका १४ बालबालिकाहरूलाई गुणस्तरीय शिक्षा प्राप्तिका लागि आवश्यक पहल गर्ने बताएकी हुन् । झापा अंशिकाको गृह जिल्ला पनि हो ।

झापाका ४ विभिन्न विद्यालयबाट छनोट भएका १४ बालबालिकाहरुको विद्यालय शुल्क,  पोशाक, पाठ्यक्रम सामग्री, पोष्टिक खाना, आवास, यात्रा, स्वस्थ्यसम्बन्धी औषधी जन्य लगायत गुणस्तरीय शिक्षा प्राप्तका लागि आधारभूत श्रोत र साधन अंशिका फाउण्डेन कोर्षमार्फत सहयोग गर्ने उनले बताएकी छन् ।

यस अगाडि जुम्लाका १० जना विद्यार्थीलाई छात्रावृत्ति प्रदान गरेकी उनले मिस नेपाल युनिभर्सको विजेता बनेपछि आफ्नो सहयोग समेत विस्तार गरेकी हुन् । मिस नेपाल युनिभर्स विजेता बनेपछि गत फेब्रुअरीमा झापाका विभिन्न स्थान भ्रमण गरेकी उनले त्यस क्षेत्रका विभिन्न ४ विद्यालयका आर्थिक अवस्थाको कारण पढाई छोड्ने अवस्थामा पुगेको १४ बालबालिका सहयोगका लागि छनौट गरेकी हुन् । 

अंशिका नेपालको प्रतिनिधित्व गर्दै ‘मिस ंयुनिभर्स २०२१’मा । सहभागीको तयारी समेत गर्दैछिन् । त्यहाँ उनले नेपाली कला संस्कृति र विभिन्न भेषभुषाको समेत प्रचार गर्ने बताएकी छन् । 
  
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप