१४ बालबालिका पढाउँदै मिस युनिभर्स नेपाल अंशिका
काठमाडौँ । ‘मिस युनिभर्स नेपाल २०२०’की विजेता अंशिका शर्माले झापाका १४ बालबालिका पढाउने भएकी छन् । उनले ‘सबैका लागि गुणस्तरीय शिक्षा’ अभियान मार्फत १४ बालबालिका पढाउन लागेकी हुन् । बालबालिकालाई गुणस्तरीय शिक्षा प्राप्त गर्न टेवा पुगोस् भनेर उनले ‘अंशिका शिक्षा कल्याण फाउण्डेशन’ समेत गरेकी छन् । जसको अक्षय कोषमा उनले आफुले मिस नेपाल युनिभर्स विजेता बने बापत प्राप्त गरेको १० लाख समेत जम्मा गरेकी छन् ।
अंशिकाले एक विज्ञप्ति जारी गर्दै ‘अंशिका शिक्षा कल्याण फाउण्डेशन’ झापाका १४ बालबालिकाहरूलाई गुणस्तरीय शिक्षा प्राप्तिका लागि आवश्यक पहल गर्ने बताएकी हुन् । झापा अंशिकाको गृह जिल्ला पनि हो ।
झापाका ४ विभिन्न विद्यालयबाट छनोट भएका १४ बालबालिकाहरुको विद्यालय शुल्क, पोशाक, पाठ्यक्रम सामग्री, पोष्टिक खाना, आवास, यात्रा, स्वस्थ्यसम्बन्धी औषधी जन्य लगायत गुणस्तरीय शिक्षा प्राप्तका लागि आधारभूत श्रोत र साधन अंशिका फाउण्डेन कोर्षमार्फत सहयोग गर्ने उनले बताएकी छन् ।
यस अगाडि जुम्लाका १० जना विद्यार्थीलाई छात्रावृत्ति प्रदान गरेकी उनले मिस नेपाल युनिभर्सको विजेता बनेपछि आफ्नो सहयोग समेत विस्तार गरेकी हुन् । मिस नेपाल युनिभर्स विजेता बनेपछि गत फेब्रुअरीमा झापाका विभिन्न स्थान भ्रमण गरेकी उनले त्यस क्षेत्रका विभिन्न ४ विद्यालयका आर्थिक अवस्थाको कारण पढाई छोड्ने अवस्थामा पुगेको १४ बालबालिका सहयोगका लागि छनौट गरेकी हुन् ।
अंशिका नेपालको प्रतिनिधित्व गर्दै ‘मिस ंयुनिभर्स २०२१’मा । सहभागीको तयारी समेत गर्दैछिन् । त्यहाँ उनले नेपाली कला संस्कृति र विभिन्न भेषभुषाको समेत प्रचार गर्ने बताएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण