बेलायतमा कोरोनाबाट थप ९८ को मृत्यु, पाँच हजार बढी संक्रमित
लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा थप ९८ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको । गत हप्ता बुधबारको तुलनामा आजको मृतक संख्या ३० प्रतिशत कम हो । यससँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख २६ हजार ३२८ पुगेको छ । बेलायतमा कोरोना संक्रमण पुष्टि भएको २८ दिनभित्रको मृत्युलाई कोरोनाका मृतकको रुपमा घोषणा गरिन्छ ।
यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ५ हजार ६०५ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ थपिएका संक्रमितसँगै बेलायतमा कुल संक्रमितको संख्या ४३ लाख १२ हजार ९०८ पुगेको सरकारी तथ्याँकमा उल्लेख छ ।
बेलायतका अस्पतालमा उपचार गराइरहेका र नयाँ भर्ना हुनेको संख्यामा पनि निरन्तर रुपमा कमी आएको छ ।
हाल अस्पतालमा उपचारार्थ कोरोना संक्रमितको संख्या ५ हजार ४०७ मा झरेको छ भने भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या ७११ रहेको स्वास्थ्य विभागले जनाएको छ । पछिल्लो २४ घन्टामा ३६० जना कोरोना संक्रमित अस्पताल भर्ना भएका थिए ।
बेलायतमा ३ करोड ११ लाख बढी डोज खोप वितरण
बेलायतमा हालसम्म तीन करोड ११ लाख भन्दा बढी डोज खोप वितरण भइसकेको छ । हालसम्म खोपको पहिलो र दोस्रो गरि तीन करोड ११ लाख ८६ हजार ३६२ डोज खोप वितरण भइसकेको छ । कोरोना विरुद्धको खोप अभियान शुरु भएयता बेलायतमा दुई करोड ८६ लाख ५३ हजार ५२३ जनाले खोपको पहिलो डोज लिएका छन् भने २५ लाख ३२ हजार ८३९ जनाले खोपको दोस्रो डोज लिएका छन् ।
बेलायतमा खोप वितरणलाई तीव्रता दिने क्रममा एकैदिनमा ८ लाख ४४ हजार २८५ जनालाई खोप लगाएको छ । खोप वितरणमा दिइएको तीव्रतासँगै बेलायतमा कोरोना संक्रमण दरमा कमी आउँदै गएको छ भने मृतक संख्यामा पनि निकै ह्रास आएको छ । बेलायतमा हाल फाइजर र अस्ट्राजेनिका दुईवटा खोप वितरण भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
-
नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
-
रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत
-
रौतहटका वनकर्मीमाथि आक्रमण गर्ने आरोपी वीरगन्जबाट पक्राउ
-
विश्वकप २०२६: कडा टचलाइन फिक्चर्स, उत्कृष्ट प्रशिक्षकहरू हुँदै छन् आमने–सामने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण