बेलायतका अस्पतालमा कोभिडको चाप घट्दै, थप ६३ को मृत्यु
लन्डन । बेलायतका अस्पतालमा बिरामीको संख्या घट्दै गएका कारण नेशनल हेल्थ सर्भिस (एनएचएस) ले कोभिड आपतकालीन सतर्कताको स्तरलाई एक तह तल झरेको छ । इङ्ग्ल्यान्डको स्वास्थ्य सेवा प्रदायकले यसअघिको चौथो स्तरलाई परिवर्तन गरि तेस्रो स्तरमा झारेको हो ।
बेलायतमा पछिल्लो २४ घन्टामा थप ६३ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको । यससँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख २६ हजार ४४५ पुगेको छ । बेलायतमा कोरोना पुष्टि भएको २८ दिनभित्रको मृत्युलाई कोरोनाका मृतकको रुपमा घोषणा गरिन्छ ।
यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ६ हजार ३९७ नयाँ संक्रमित थपिएर कुल संक्रमित संख्या ४३ लाख १९ हजार १२८ पुगेको सरकारी तथ्यांकमा उल्लेख छ । बेलायतका अस्पतालमा उपचार गराइरहेका र नयाँ भर्ना हुनेको संख्यामा पनि निरन्तर कमी आएको छ । एनएचएस इङ्ग्ल्यान्डका कार्यकारी प्रमुख साइमन स्टीभन्सनका अनुसार गएको जनवरीमा ३४ हजार भन्दा बढी कोभिडका बिरामीहरु अस्पतालमा रहेकोमा हाल उक्त संख्या घटेर ४ हजारको हाराहारीमा झरेको छ ।
भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या ६११ रहेको स्वास्थ्य विभागले जनाएको छ । पछिल्लो २४ घन्टामा ३५४ जना कोरोना संक्रमित अस्पताल भर्ना भएका थिए ।
बेलायतमा ३ करोड १७ लाख बढी डोज खोप वितरण
बेलायतमा हालसम्म तीन करोड १७ लाख भन्दा बढी डोज खोप वितरण भइसकेको छ । हालसम्म खोपको पहिलो र दोस्रो गरि तीन करोड १७ लाख ६६ हजार ६६९ डोज खोप वितरण भएको हो । कोरोना विरुद्धको खोप अभियान शुरु भएयता बेलायतमा दुई करोड ८९ लाख ९१ हजार १८८ जनाले पहिलो डोज लिएका छन् भने दोस्रो डोज लिनेको संख्या २७ लाख ७५ हजार ४८१ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण