अर्काको घरभित्र मध्यरात पसेको चोर बिहानसम्म पनि यस कारण भागेन
थाइल्याण्ड । सामान्यतया, अर्काको घरमा प्रवेश गरेको चोरलाई अरुले थाहा नपाई सामान कुम्ल्याएर भाग्ने हतार हुन्छ । तर थाइल्याण्डमा एउटा घरमा चोरीका लागि पसेको चोर भने बिहानसम्म सोही घरमै आनन्दले बसेको अनौठो घटना प्रकाशमा आएको छ ।
थाइल्याण्डका सञ्चारमाध्यमले जनाएअनुसार २२ मार्चको रात फेचाबुन प्रान्तको विचेनबुरी जिल्लाको एउटा घरमा चोर पसेको थियो । राति करिब दुई बजे घरभित्र प्रवेश गरेको उक्त चोर बिहानसम्म सोही घरमा मस्तसँग ओछ्यानमा सुतिरहेको अवस्थामा फेला परेको हो ।
उक्त घर एक प्रहरी अधिकारीकै रहेको बताइएको छ । घरको एउटा ‘बेड रुम’ मा प्रवेश गरेको चोरले एअरकन्डिसन र आरामदायी ओछ्यान पाएपछि केहीबेर सुत्ने निधो ग¥यो ।

थाइ सञ्चारमाध्यमका अनुसार उक्त कोठा ती प्रहरी अधिकारीको छोरीको रहे पनि उनी भने घरमा थिइनन् । तर छोरी नभए पनि कोठाभित्र एसी चलिरहेको देखेपछि ती प्रहरी अधिकारीले झ्यालबाट चिहाउँदा चोरलाई सुतिरहेको अवस्थामा फेला पारेका हुन् ।
उक्त चोरलाई प्रहरीले नियन्त्रणमा लिएर चोरी तथा अर्काको घरमा गैरकानुनी रुपमा प्रवेश गरेको कसुरमा कानुनी कारवाही प्रक्रिया अघि बढाएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण