बेलायतमा थप २६ कोरोना संक्रमितको मृत्यु
लन्डन । बेलायतमा कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप २६ जनाको निधन भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । योसँगै कोरोना संक्रमणका कारण बेलायतमा मृत्यु हुनेको संख्या एक लाख २६ हजार ८६२ पुगेको छ ।
हाल बेलायतमा ‘इस्टर होलिडे’ अर्थात सार्वजानिक विदाको समय भएकोले कोरोनाभाइरस अपडेट नियमित भएपनि वास्तविक तथ्याँकमा फरक पर्न सक्ने स्वास्थ्य विभागले जनाएको छ । जसका कारण मंगलबारपछिका दिनमा संक्रमित संख्या र मृतक संख्यामा केहि वृद्धि हुनसक्नेछ ।
यसैगरी बितेको २४ घन्टामा २ हजार सात सय ६२ नयाँ संक्रमित थपिएका छन् । यससँगै संक्रमितको कुल संख्या ४३ लाख ६२ हजार १५० पुगेको छ । गएको केहि दिनयता संक्रमित संख्यामा पनि क्रमशः ह्रास आउँदै गएको छ ।
३ करोड ७० लाखभन्दा बढी खोप वितरण
बेलायतमा कोरोना विरुद्धको खोप वितरण कार्य शुरु भएयता तीन करोड ७० लाखभन्दा बढी डोज खोप वितरण भइसकेको छ । स्वास्थ्य विभागद्वारा सार्वजनिक सोमबारसम्मको तथ्याँकअनुसार हालसम्म खोपको पहिलो र दोस्रो गरि तीन करोड ७० लाख १३ हजार ७४९ डोज खोप वितरण भइसकेको छ । ।
तीन करोड १५ लाख ८१ हजार ६२३ जनाले खोपको पहिलो डोज लिएका छन् भने ५४ लाख ३२ हजार १२६ जनाले खोपको दोस्रो डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका जानु छ भने कानुनले चिन्ने गरी जानुस्
-
एटीएस ब्रान्डको स्वदेशमा उत्पादित विदेशी गुणस्तरको टाइल नेपाली बजारमा
-
‘हिरामण्डी’ को सुटिङका क्रममा डिप्रेसनमा थिइन् मनीषा
-
पाकिस्तानलाई हराउँदै आयरल्याण्डले रच्यो इतिहास
-
मीनबहादुर गुरुङद्वारा अस्पताल बनाउन ४१ करोड सहयोग
-
राष्ट्रिय सहमति जुटाउन ढिला भइसक्यो : प्रवक्ता सापकोटा