११ कक्षा पास गरेकी यी नायिका भन्छिन्, ‘सयभन्दा बढि पटक सामना गरें कास्टिङ काउच’
बलिउड नायिका संचिता बेनर्जी आफ्नो नयाँ फिल्म रक्तधारको प्रोमोशनका लागि आजकाल व्यस्त छिन् । यसका लागि लखनउ पुगेकी संचितासँग एक भारतीय मिडियाले कुराकानी गरेको छ । उनी भन्छिन्, ‘मेरो परिवारमा कोही पनि अभिनय क्षेत्रमा छैनन् तरपनि सबैले मलाई समर्थन गर्नुभएको छ । बाल्यकालदेखि नै म मोडल र नायिका बन्न चाहन्थें ।’
उनी भन्छिन्, ‘सयभन्दा बढिपटक दिएँ अडिसन तर हरेक पटक कास्टिङ काउच’
कोलकातामा संचिताका पिता श्यामोल बनर्जी एक व्यवसाय चलाउँछन् भने आमा सुपरा गृहिणी हुन् । उनका एक भाइ छन् जो एनिमेशनको क्षेत्रमा काम गर्दछन् ।
उनी भन्छिन्, ‘मैले ११ सम्म पढेकी छु । मलाई मोडलिङमा रुची थियो त्यसकारण पढाईमा त्यति ध्यान दिइनँ । कोलकातामा मैले निकै अघिदेखि मोडलिङ सुरु गरेकी थिएँ । निकै सानो उमेरमा मैले कुमार सानुको एक एल्बममा काम गरेकी थिएँ तर मैले त्यसको लागि पैसा पाइनँ ।’
‘पहिलो तलब मलाई १२ सय भारु पाएकी थिएँ, त्यो पैसा मैले डिटर्जेन्टको एक विज्ञापन गरेबापत् पाएकी थिएँ । त्यसपछि मैले कोलकातामा एक सुन्दरी प्रतियोगिता ‘तिलोत्तोमा’ मा भाग लिएँ जसमा म प्रथम भएँ । ’
‘सन् २०१० मा मैले मुम्बई जाने कुरा गर्दा घरका सबै सदस्य डराउनुभयो । उहाँहरुलाई डर थियो कि म त्यहाँ कसरी बस्छु । भाइ पहिलेदेखि नै मुम्बईमा थियो । त्यसकारण आमाले भाइसँगै बस्ने शर्तमा मुम्बई पठाउनुभयो । मैले आमाको कुरा मानें ।’
‘मुम्बई पुगेपछि मैले किशोर नामक एक्टिङ इन्स्टिच्यूटमा भर्ना भएँ, त्यसपछि अतुल माथुरसँग अभिनय कला सिकें । अतुल सरसँग नै वरुण धवन र अर्जुन कपुरले अभिनय सिकेका हुन् ।
‘मसँग मोडलिङको प्रोफाइल थियो त्यसकारण यसैमार्फत आफ्नो खर्च पुर्याउँथे । अभिनयका लागि मैले कहिले पनि कसैसँग सहयोग लिइनँ । पछिल्लो ७ वर्षमा सयभन्दा बढि अडिसन दिएँ र थुप्रै पटक छानिएँ पनि तर कास्टिङ काउचको विषय बिचमा आउँथ्यो ।’
‘थुप्रै पटक ब्यानरको फिल्म पनि पाएँ तर बिचमा मानिसहरुले फसाउँथे । निर्देशकलाई भेटाइदिन्छु यसका लागि केही गर्नुपर्छ भन्थे मानिसहरु । मैले आफ्नो करियरमा कसैसँग पनि नरम्रो कुरासँग सम्झौता गर्दिनँ । किनभने मलाई आफ्नो क्षमतामा विश्वास थियो । म सधैं भन्ने गर्दथें कि मलाई एउटा मौका मात्र दिए आफ्नो क्षमता देखाउँथें ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण