बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सेक्स स्क्यान्डल जसले हल्लायो पूरा हलिउड

आइतबार, २९ असोज २०७४, १० : १३
आइतबार, २९ असोज २०७४

बीबीसी

हलिउडका चर्चित निर्माता हार्वी वाइनस्टीनको यौन शोषण स्क्यान्डल थप गहिरिँदै छ । अमेरिकी अभिनेत्री रोज म्याकगोवानले शुक्रबार उनीमाथि बलात्कार गरेको आरो लगाएकी छिन् ।

लगातार गरिएका थुप्रै ट्वीटमा रोज म्याकगोवानले वाइनस्टीनमाथि आरोप लगाउँदा अमेजन स्टूडियोका प्रमुख रोय प्राइसले उनको कुरालाई नजरअन्दाज गरेको बताएकी छिन् ।

अमेजनले प्राइसलाई छुट्टी दिए । प्राइसमाथि पनि एक महिलाले यौन शोषणको आरोप लगाएकी छिन् ।

वाइनस्टिनले सबै आरोपलाई खारेज गरेका छन् । प्राइसले पनि अहिलेसम्म यी आरोपमा टिप्पणी गरेका छैनन् ।

अमेरिका र बेलायतमा पुलिसले यी आरोपको अनुसन्धान सुरु गरेको छ ।

वाइनस्टीनमाथि पछिल्ला केही दिनमा थुप्रै महिलाले यौन शोषणको आरोप लगाएका छन् ।

अमेरिका र बेलायतमा पुलिसले यी आरोपमाथि अनुसन्धान सुरु गरेको छ ।

वाइनस्टीनमाथि पछिल्ला केही दिनमा थुप्रै महिलाले यौन शोषणको आरोप लगाएका छन् । यीमध्ये कोही महिला अहिले निकै चर्चित भएका छन् । यद्यपी, जब उनीहरुको यौन शोषण भयो तब उनीहरु फिल्मी जगतमा आफ्नो पहिचान बनाउनका लागि संघर्ष गरिरहेका थिए ।

बीबीसीसँग कुराकानी गर्दै अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्रेटिक उम्मेद्वार रहेकी हिलारी क्लिंटनले उक्त आरोपबारे जानकारी हुँदा उनलाई धक्का लागेको बताएकी छिन् । उनले भनिन्, ‘जुन घटना सार्वजनिक भएका छन् त्यसले दिल तोडेको छ ।’

वाइन्स्टिनले डेमोक्रेटिक पार्टीलाई अत्यधिक चन्दा दिएका थिए ।

न्यू योर्कर म्यागजिनमा प्रकाशित एक अनुसन्धानमूलक लेखमा तीन महिलाले वाइनस्टिनमाथि बलात्कारको आरोप लगाएका थिए ।

को हुन् हार्वी वाइन्स्टिन ?

हार्वी वाइन्स्टिन हलिउडका एक चर्चित निर्माता हुन् । ६५ वर्षीय वाइनस्टिन ‘पल्स फिक्सन’ र ‘क्लक्र्स’ जस्ता चर्चित फिल्म बनाउने फिल्म कम्पनी मिराम्याक्सका सह–संस्थापक हुन् । उनले ‘सेक्सपियर इन लभ’ बनाएकोमा ओस्कर अवार्ड पनि पाएका छन् । बेलायती फिल्म उद्योगमा योगदानका लागि उनले सन् २००४ मा बेलायती राज परिवारको तर्फबाट सिबिआईको मानक उपाधि पनि दिइएको थियो ।

हार्वीले दुईवटा विवाह गरेका छन् । ४१ वर्षीया बेलायती अभिनेत्री र फेशन डिजाइनर जर्जीना च्यापम्यान सन् २००७ देखि उनकी श्रीमती हुन् । यद्यपी यौन शोषणको आरोपपछि च्यापम्यानले उनीसँग अलग्गिने घोषणा गरेकी छिन् ।

के हो आरोप ?

वाइनस्टिनमाथि फिल्मी जगतसँग जोडिएको थुप्रै महिलाले यौन शोषणको आरोप लगाएका छन् । ४९ वर्षीया फिल्म अभिनेत्री एशली जुडले न्यूयोर्क टाइम्सलाई फिल्ममा चर्चा गर्नका लागि भन्दै आफूलाई होटलको कोठामा पुर्याएर यौन शोषण गरेको जानकारी दिइन् ।

यस्तै आरोप इतालवी मूलकी अभिनेत्री एशिया अर्जेन्टोले लगाएकी छिन् । एशियाले न्यू योर्करलाई भनिन्, ‘ म २१ वर्षको हुँदा वाइन्स्टिनले मलाई एउटा होटलमा बोलाए । मलाई लागेको थियो कि उनले मलाई कुनै पार्टीमा बोलाएका हुन् तर त्यहाँ वाइन्स्टिन मात्र थिए । उनले ममाथि जबर्जस्ती मुथ मैथुन गराए । तर पछि हामीबिच सहमतीमा यौनसम्बन्ध पनि स्थापित भयो ।’

अभिनेत्री बन्ने चाहना राख्ने लूसिया इभान्सले पनि उनीमाथि यौन शोषणको आरोप लगाएकी छिन् । उनी भन्छिन्, ‘सन् २००४ मा न्यूयोर्कमा एक क्लबमा उनको भेट वाइन्स्टिनसँग भयो जसले उनलाई आफ्नो कम्पनी मिराम्याक्सको अफिसमा बोलाए । म त्यहाँ जाँदा उनी अफिसमा एक्लै थिए जहाँ उनले मेरो यौन शोषण गरे ।’

चर्चित अभिनेत्री ग्विनेथ पाल्त्रोवले न्यूर्याक टाइम्ससँग आफूमाथि भएको यौन शोषणबारे जानकारी दिइन् । उनले भनिन्, ‘सन् १९९५ मा जब म २२ वर्षकी थिएँ तब वानस्टिनले मलाई होटलमा बोलाएका थिए । उनले मलाई मसाज गरिदिन आग्रह गरे तर मैले अस्विकार गरें । मैले यसबारे मेरा तत्कालीन प्रेमी ब्राड पिटलाई जानकारी दिएकी थिएँ र उनले वाइस्टिनसँग यसबारे कुरा गरेका थिए । केहि दिन पछि वाइन्स्टिनले मलाई यसबारे कसैलाई पनि नभन्न आग्रह गरे ।’

सन् १९९० को दशकदेखि नै चर्चामा रहेकी अभिनेत्री एन्जेलिना जोलीले पनि वाइन्स्टिनमाथि न्यूयोर्क टाइम्ससँग टिका टिप्पणी गरेकी छिन् । उनले भनिन्, ‘जब म एकपटक वाइनस्टिनसँग होटलको कोठामा थिएँ तब मलाई निकै नराम्रो अनुभव भएको थियो । त्यसपछि मैले उनीसँग कहिले पनि काम नगर्ने निर्णय गरें । मैले अन्य अभिनेत्रीलाई पनि उनीबारे चेतावनी दिएकी थिएँ ।’

एक अभिनेत्रीले आफ्नो पहिचान लुकाउँदै न्यूयोर्करलाई वाइस्टिनले आफूमाथि बलात्कार गरेको जानकारी दिइन् । यद्यपी, ती अभिनेत्रीले यो पनि भनिन् कि आफ्नो करियरमा पुग्ने क्षतीका कारण उनले मुद्दा दर्ता गराइनन् ।

यसका साथै, थुप्रै बेलायती र अमेरिकी अभिनेत्रीले पनि हार्वीमाथि यौन शोषणको आरोप लगाएका छन् । यो स्क्यान्डल नयाँ अभिनेत्रीले पर्दाफास गरेपछि थप गहिरिँदै गएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप