संसारकी पहिलो ह्विलचेयर मोडल, सुन्दरता देखेर चकित पर्नुहुनेछ (फोटोफिचर)
संसारभरी लाखौं मोडल छन् । सबै एक से एक । तर आज हामी तपाईंलाई यस्तो मोडलबारे जानकारी दिँदै छौं जो ती सबैभन्दा भिन्न छिन् ।
उनी हुन् अलेक्सजेन्ड्रा कुतास । उनी युक्रेनकी मोडल हुन् । अलेक्सजेन्ड्रा जन्मजात नै भिन्न रुपमा सक्षम छिन् । उनी ह्विलचेयरको सहारामा यात्रा गर्छिन् । उनी यस्तो प्रकारको पहिलो मोडल हुन् ।
अलेक्सजेन्ड्राका अनुसार उनी अहिलेसम्म कहिले पनि हिँडेकी छैनन् । हिँड्नु उनको सपना भएको उनी बताउँछिन् र हिँड्दा कस्तो हुन्छ त्यो महसुस गर्न चाहेको बताइन् ।
उनले केही दिन अघिमात्र इन्डियन रनवे विक २०१७ मा भाग लिइन् । उनलाई देखेर मानिसहरु हेरेको हेर्यै भए ।
उनी २३ वर्षीया मोडल हुन् । जब उनी र्याम्पमा आउँछिन् मानिसहरु उनको आत्मविश्वास र ग्रेस देखेर चकित खान्छन् ।
स्मरण रहोस्, अलेक्सजेन्ड्रालाई जन्मजात स्पाइनल कर्ड इन्जरी छ । यसकारण उनको कम्मरभन्दा मुनीको भाग चल्दैन ।
मोडलिङ अक्षम व्यक्तिहरुले पनि स्थान बनाउन सकून् भन्ने उद्देश्यसहित आफू यो क्षेत्रमा होमिएको उनको भनाई छ । उनी मानिसहरुको हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्न चाहेको बताउँछिन् ।
उनी सोसल मिडियामा निकै सक्रिय छिन् । उनी समय समयमा इन्स्टाग्राममा आफ्नो फोटो सेयर गर्ने गर्छिन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण