४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ५० वर्षीय पुरुष पक्राउ
बुधबार, ०२ असार २०७८, १५ : ३६
जनकपुरमा बालिका बलत्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । जनकपुर उपमहानगरपालिका २२ बसबिट्टीकी ४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा सोही स्थानका ५० वर्षीय छेदु मण्डल पक्राउ परेका हुन् ।
बालिकालाई बलात्कार गरेको भनी दिइएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए । मण्डलले बालिकालाई खेलाउन घरमा लगिएको मौका छोपी आँपको बगैँचामा लगेर जबर्जस्ती करणी गरेको पीडित बालिकाका परिवारले आरोप लगाएका छन् ।
अबेर साँझसम्म बालिका घरमा नफर्केपछि परिवारले खोजबिन गर्दा घरभन्दा करिब २ सय मिटर पर आँपको बगैँचामा अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । सोही आधारमा धनुषा प्रहरीले बुधबार मण्डललाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको रानाभाटले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण