ओलीले बोलाएको बैठकमा जाँदैनौँ : राजेन्द्रकुमार राई
माधव नेपाल पक्षका युवा नेता राजेन्द्र राईले जेठ २ का नाममा आगामी शुक्रबार बोलाएको बैठकमा नजाने बताएका छन् । बुधबार एमाले महाधिवेशन आयोजक कमिटीका नाममा बालुवाटारमा बसेको बैठकले आठ जना नेताहरुलाई स्थायी समिति सदस्यमा मनोनयन गरेको थियो ।
जसमा माओवादीतर्फका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा तथा पूर्वएमालेका विष्णु रिमाल, रघुवीर महासेठ, बेदुराम भुसाल र रघुजी पन्तलाई स्थायी कमिटीमा मनोनित गर्ने निर्णय गरेको थियो ।
यो निर्णयले केपी ओली एकताको पक्षमा नरहेको पुष्टि भएको भन्दै नेता राईले भने, ‘आजको निर्णयले अध्यक्ष ओली जेठ २ मा फर्कन तयार नभएको भन्ने स्पष्ट भयो ।’ राईले जेठ २ भन्ने एक लाइनको निर्णयले पनि हामीहरू कुदेर बैठकमा भाग लिन जाने अवस्था नरहेको बताए । उनले अदालतको फैसलापछि पनि अनेक निर्णयहरु गरिएको भन्दै ती निर्णय के गर्ने, संविधान मिचेको र संसद विघटनमा गल्ती स्वीकार नगर्दासम्म सहमति हुन सक्ने नदेखिएको दावी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण