बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बिपाशा–करनले कण्डमको विज्ञापनका लागि गरे सुटिङ, सेयर गरे भिडियो

सोमबार, ०६ कात्तिक २०७४, १८ : ५७
सोमबार, ०६ कात्तिक २०७४

नायिका बिपाशा बासुले श्रीमान् करन सिंह ग्रोवरसँग एक विज्ञापनको सुटिङ गरेकी छिन् । उक्त विज्ञापन एक कण्डमको ब्रान्डका लागि गरिएको हो । केही समय अघि यो विज्ञापनका केही तस्बिर सार्वजनिक भएका छन् । दुबै फोटोमा निकै बोल्ड देखिएका छन् । विज्ञापनको भिडियो बिपाशाले आफ्नो इन्स्टाग्राममा पनि सेयर गरेकी छिन् । भिडियो सेयर गर्दै उनले क्याप्शन लेखेकी छिन्, ‘  In a country that has the second largest population in the world.. we still have taboos on just the words sex and condoms... but not the actual act. Let’s talk more... read more and learn more about all the things that can be avoided just by the use of a simple precaution. With condoms you can have planned pregnancies and protected sex... which can curb HIV and STD cases. As a couple we believe in this that’s why we have thoughtfully endorsed it’ ।

बिपाशाले उक्त विज्ञापनको जुन भिडियो आफ्नो इन्स्टाग्राममा सेयर गरेकी छिन् त्यसमा उनी स्विमिङ पुलबाट बाहिर निस्किरहेको देख्न सकिन्छ । यस्तै, बिपाशा–करन जंगल, घर र बाथटबमा देखिएका छन् । विज्ञापनमा करन र बिपाशा निकै राम्रा स्थानमा रोमान्स गरिरहेको देख्न सकिन्छ । करन भिडियोको धेरैजसो दृश्यमा सर्टलेश छन् भने बिपाशा निकै बोल्ड आउटफिटमा देखिएकी छिन् । सेयर गरेको केही घण्टाभित्रै बिपाशाको अकाउन्टबाटै उक्त भिडियो करिब साढे तीन लाखले हेरिसकेका छन् । स्मरण रहोस्, थुप्रै हिट फिल्ममा काम गरिसकेकी बिपाशालाई अहिले कुनै पनि फिल्मको लागि अफर छैन । उनी अन्तिम पटक सन् २०१५ मा आएको फिल्म ‘अलोन’ मा देखिएकी थिइन् । उनले सन् २०१६ मा करन सिंह ग्रोवरसँग विवाह गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप