मेसीले कोपा जितेको फोटोले तोड्यो रोनाल्डोको रेकर्ड
आइतबार, ०३ साउन २०७८, १२ : ५७
एक साताअघि लियोनल मेसीले कोपा अमेरिकाको उपाधि जितेका थिए । यी स्टारले अहिले अर्को कीर्तिमान बनाएका छन् । यसपटकको उनको कीर्तिमान फुटबल मैदानभित्रको होइन । मेसीले आफ्नो इन्स्टाग्राम एकाउन्टबाट कोपा अमेरिकाको उपाधिसहित फोटो पोस्ट गरेका थिए, यो फोटो इन्स्टाग्रामको सर्वाधिक रुचाइएको खेलकुद फोटो बनेको छ । यसअघि सर्वाधिक धेरै लाइक गरिएको फोटो रोनाल्डोले पोस्ट गरेका थिए । मेसीले गरेको पोस्टमा समाचार तयार गर्दासम्म २ करोड ७५ हजारभन्दा धेरै लाइक आइसकेको छ ।
यसअघि रोनाल्डोले २५ नोभेम्बर २०२० मा डिएगो म्याराडोनाको निधनपछि र म्याराडोनाप्रति सम्मान प्रकट गर्दै फोटो पोस्ट गरेका थिए । कुनै मेसीले उछिन्नुअघि यो पोस्ट नै सर्वाधिक धेरै लाइक पाउने खेलकुद फोटो थियो । यसमा समाचार तयार गर्दासम्म १ करोड ९८ लाखभन्दा धेरै लाइक आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण