बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

१ दिनमा ९७ लाख भ्यू, भाइरल भइरहेछ कपिल शर्माको फिरंगीको ट्रेलर

बिहीबार, ०९ कात्तिक २०७४, १३ : ०१
बिहीबार, ०९ कात्तिक २०७४

कपिल शर्मा एकपटक पुनः सिल्भर स्क्रिनमा आफ्नो कमेडीले मानिसहरुलाई हँसाउने तयारीमा छन् । उनको नयाँ फिल्मको ट्रेलर केही समय अघिमात्र रिलिज भएको छ जुन निकै चर्चित भइरहेको छ । यसलाई २४ घण्टाको समयमा ९७ लाखभन्दा बढिले हेरिसकेका छन् ।

कपिलका प्रशंसकले निकै लामो समयदेखि आफ्ना प्रिय नायकको कमेडी हेर्न लालायित थिए । सोनी टेलिभिजनमा कपिलको कमेडी शो थुप्रै महिनादेखि अफ एयर छ । उनको फिल्म फिरंगी उनका फ्यानका लागि एक ट्रीट जस्तै हो । यसको ट्रेलर निकै रुचाइएको छ ।

के हो फिल्मको कहानी ?

यो फिल्म नोभेम्बर २४ तारिखमा बक्स अफिसमा रिलिज हुँदै छ । यो सन् १९२० को एक पिरियड ड्रामा फिल्म हो । यसमा कपिलले अंग्रेजी बोल्नेहरुलाई चुप लगाउने काम गर्दछन् । यसको निर्देशन राजिव ढिंगराले गरेका हुन् । कपिलका साथै यसमा इशिचम खत्ता र मोनिका गिल छन् । फिरंगी मंगा (कपिल शर्मा) को कहानी हो जो बहरामपुर गाउँमा बस्छन् । मंगाको पुलिसमा भर्ती हुने सपना हुन्छ ।

कपिलले आफ्नो फिल्मी करियरको सुरुवात सन् २०१५ मा रिलिज भएको फिल्म ‘किस किसको प्यार करुँ’ बाट गरेकी थिइन् । अब्बास मस्तानको निर्देशनमा बनेको यो फिल्मलाई दर्शकले निकै रुचाएका थिए । दुई वर्षपछि कपिल ठूलो पर्दामा फिर्ता भइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप