बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रानी मुखर्जीको बुवाको प्रेयर मिटः अभिषेक, ऐश्वर्या, आमिरसहित यी सेलिब्रिटीको उपस्थिती

बिहीबार, ०९ कात्तिक २०७४, १६ : ४२
बिहीबार, ०९ कात्तिक २०७४

भारतको जुहुस्थिती इस्कोन मन्दिरमा रानी मुखर्जीका बुवा राम मुखर्जीको प्रेयर मिट राखिएको थियो । प्रेयर मिटमा थुप्रै सेलिब्रिटी समावेश भए । यो मौकामा अभिषेक बच्चन श्रीमती ऐश्वर्या रायसँग पुगे । यस्तै, आमिर खान पनि श्रीमती किरण रावसँगै पुगे । साथै, रणबीर सिंह, नितू सिंह, अर्जुन कपूर, उर्मिला मातोन्डकर, निलम, समिर सोनी, अनु मलिक, कबिर खान, मिनी माथुर, बोनी कपूर, अमिषा पटेलसहित विभिन्न सेलिब्रिटीको उपस्थिती रह्यो ।

रानी मुखर्जीका बुवा राम मुखर्जीको आइतबार ८४ वर्षको उमेरमा निधन भएको हो । उनी हिन्दी र बंगाली सिनेमाका चर्चित निर्देशक, निर्माता र लेखक हुन् । उनले सन् १९९६ मा छोरी रानी मुखर्जीको डेब्यू बंगाली फिल्म ‘बियेर फूल’ को निर्देशन गरेका थिए । रामकी श्रीमती कृष्णा प्लेब्याक सिंगर हुन् र छोरा राजा नायक र निर्देशक हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप