गण्डकीमा ५७३ जनामा कोरोना संक्रमण, थप ५ जनाको मृत्यु

गण्डकी प्रदेशमा थप ५७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशका विभिन्न अस्पतालहरुमा गरिएको पीसीआर र एण्टिजेन नमूना परीक्षणमा ५७३ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये २८५ महिला र २८८ जना पुरुष रहेका छन् ।
प्रदेशका ७ जिल्लामा गरिएको नमूना परिक्षणमा सबैभन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै पर्वतमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनकाअनुसार कास्की १८३, बागलुङ ५४, स्याङ्जा १४, म्याग्दी २४, पर्वत २,गोरखा १०९, लमजुङ २७ तनहुँमा ९६ र नवलपुरमा ६४ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७१ हजार ५४१ पुगेको छ ।
प्रदेशमा विभिन्न अस्पतालमा उपचाररत ५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–१५ की ८६ बर्षिय महिला, पोखरा–१६ की ३३ वर्षीय महिला, पोखरा–२४ का ७३ वर्षीय पुरुष, लमजुङ सुन्दरबजार–११ का ६१ वर्षीय पुरुष र नवलपरासी पूर्व देउचुली–१५ का ६१ वर्षीय पुरुष रहेका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १२८ जना पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारतबिच राजनीतिक मात्र होइन, भावनात्मक सम्बन्ध पनि छ–मुख्यमन्त्री शाह
-
माओवादी एक नम्बरतिर उकालो लाग्दैछ : प्रचण्ड
-
रिले अनसनमा ऐक्यबद्धता जनाउन पुगे नवराज सुवेदी
-
चुनावमा लड्ने र जित्ने प्रथम नेपाली महिला
-
कांग्रेस मधेस प्रदेश विभागीय प्रमुख तथा सचिवहरूलाई अभिमुखीकरण
-
हाम्रो पार्टीलाई जनमतको कमी छैन: अध्यक्ष नेपाल