गण्डकीमा ५७३ जनामा कोरोना संक्रमण, थप ५ जनाको मृत्यु
गण्डकी प्रदेशमा थप ५७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशका विभिन्न अस्पतालहरुमा गरिएको पीसीआर र एण्टिजेन नमूना परीक्षणमा ५७३ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये २८५ महिला र २८८ जना पुरुष रहेका छन् ।
प्रदेशका ७ जिल्लामा गरिएको नमूना परिक्षणमा सबैभन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै पर्वतमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनकाअनुसार कास्की १८३, बागलुङ ५४, स्याङ्जा १४, म्याग्दी २४, पर्वत २,गोरखा १०९, लमजुङ २७ तनहुँमा ९६ र नवलपुरमा ६४ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७१ हजार ५४१ पुगेको छ ।
प्रदेशमा विभिन्न अस्पतालमा उपचाररत ५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–१५ की ८६ बर्षिय महिला, पोखरा–१६ की ३३ वर्षीय महिला, पोखरा–२४ का ७३ वर्षीय पुरुष, लमजुङ सुन्दरबजार–११ का ६१ वर्षीय पुरुष र नवलपरासी पूर्व देउचुली–१५ का ६१ वर्षीय पुरुष रहेका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १२८ जना पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण