गण्डकीमा ६८० जनामा कोरोना संक्रमण पुष्टि, थप ५ जनाको मृत्यु
गण्डकी प्रदेशमा थप ६८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार २५६ जनामा गरिएको नमूना परीक्षणमा ६८० जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ३२८ महिला र ३५२ जना पुरुष रहेका छन् ।
प्रदेशका ८ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै मुस्ताङमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनका अनुसार कास्की १९७, बागलुङ ८४, स्याङ्जा ६८, मुस्ताङ १,म्याग्दी १०, पर्वत ८८,गोरखा १२१, लमजुङ २३ तनहुँमा ३८ र नवलपुरमा ५४ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७३ हजार ८६१ पुगेको छ ।
गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत ५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–२८ का ७९ वर्षीय पुरुष, स्याङजा वालिङ–७ की ७२ वर्षीय महिला, वालिङ–९ की ३५ वर्षीय महिला, बागलुङ जैमिनी–३ की ५५ वर्षीय महिला, तनहुँ ब्यास नगरपालिका–१४ का ५१ वर्षीय पुरुषको मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १५४ जना पुगेको छ ।
गण्डकी प्रदेशमा हालसम्म ६६ हजार ५७५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । प्रदेशमा आइतबार मात्र संक्रमणमुक्त हुनेको संख्या ५१९ रहेको छ । गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार १३२ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण