उत्कृष्ट यौन जीवनका लागि मेथी
खराब जीवनशैली, तनाव, एन्जाइटी जस्ता समस्याहरुका कारण मानिसको यौन जीवनमा समस्या आउँछ । महिलाहरुमा पनि दैनिक जीवनमा आउने विभिन्न समस्याले यौन सम्बन्धी समस्या आउँछ । महिलाहरुमा सेक्स ड्राइभलाई बुस्ट गर्न लागि भान्सामा पाइने मेथी निकै महत्त्वपूर्ण हुने एक अध्ययनले बताएको छ ।
अध्ययनका अनुसार खाना तथा तरकारीमा प्रयोग हुने मेथीले महिलामा मेनोपोजसँग जोडिएका समस्याहरुलाई पनि कम गर्छ । अध्ययनले ५०० मिलीग्राम मेथी सेवन गर्ने महिलाको सेक्स लाइफसँग जोडिएका समस्या ४२ प्रतिशत कम हुन्छ ।
यसका साथै, जुन महिलामा यौनसम्पर्कको समयमा पीडा महसुस हुने, सुख्खापन हुने जस्ता समस्या छ ति महिलाले हर्बल सप्लिमेन्टको रुपमा मेथीको नियमित सेवन गर्नुपर्ने हुन्छ । यस्तै, महिनावारी हुने महिलाहरुले दिनमा दुई पटक अर्गानिक मेथी खाने गर्नुपर्छ ।
विशेषज्ञका अनुसार अर्गानिक मेथीबाट बनेको पेयपदार्थले हर्मोनलाई सन्तुलनमा राख्छ । यसले शरीरमा टेस्टोस्टेरोन र एस्ट्राडियोल नामक हर्मोनलाई पनि बुस्ट गर्छ ।
विशेषज्ञले टेस्टोस्टेरोनल हर्मोन यौन इच्छा बढाउन र यसलाई कायम राख्न मद्दतगार मानिन्छ । यति मात्र होइन यौन सम्पर्कको समयमा ल्यूब्रिकेशन, सेन्सेशन र ब्लड फ्लोलाई पनि सन्तुलनमा राख्छ ।
अनुसन्धानकर्ताका अनुसार अर्गानिक मेथीले सामान्य हर्मोनलाई सन्तुलनमा राख्ने काम गर्छ । यसको लगातार सेवनले यौनसँग जोडिएका समस्याहरुलाई कम गराउँछ ।
अनुसन्धानकर्ताका अनुसार मेथीलाई एन्टी इन्फ्लेमेटरी र लिभिडो बुस्टिङ गर्नको लागि औषधिको रुपमा लिइन्छ । यसको प्रयोग एशियाली देशहरुमा खानामा प्रयोग गर्ने गरिन्छ ।
मेथीले सेक्स हर्मोन बनाउन मद्दत गर्छ । जसमा एस्ट्रोजन र टेस्टोस्टेरोन पनि एक हो । ३० व्यक्तिहरुमा ६ हप्तासम्म गरिएको अध्ययनका अनुसार ६०० मिलिग्राम मेथीको सेवनले यौन इच्छा र यौन कार्यमा सुधार ल्याउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जिम्बावेलाई हराउँदै भारतद्वारा टी–ट्वान्टी शृङ्खला ‘क्लिन स्वीप’
-
बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि
-
सरकारमा हुँदा गोर्खा र नागरिकताको मुद्दा सम्बोधन गर्न नसक्नु गल्ती : शेरधन राई
-
कतारका प्रधानमन्त्री र साउदी विदेशमन्त्रीबिच फोन वार्ता
-
पोखरा स्पोर्टस् अवार्डबाट ७ लाख ७१ हजार बचत
-
बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण