तीन पाङ्ग्रे अतुल अटो रिक्सा नेपाली बजारमा
काठमाडौं । नेपालका लागि अतुल अटोको आधिकारीक विक्रेता भीजी अटो मोबाइल्सले तीन पाङ्ग्रे नयाँ ‘अतुल रिक’ सार्वजनिक गरेको छ। एक कार्यक्रम बीच जेनेरेशनको तीन पाङ्ग्रे अतुल अटो रिक्सा सार्वजनिक भएको हो ।
२२ वटा देशमा डिलर नेटवर्क भएको तीन पाङ्ग्रे टेम्पु निर्माणमा प्रसिद्ध अतुलले नेपालमा ‘यात्रा शानदार, आम्दानी दमदार’ भन्ने नाराका साथ नयाँ अतुल रिक सार्वजनिक गरेको हो।
नयाँ अतुल रिक स्टाइलिसका साथै यात्राका लागि सहज भएकाले नेपालमा राम्रो बजार पाउने विश्वास कम्पनीको छ ।
यसमा १९८.६ सिसी, ४ स्ट्रोक एर कुल्ड सिंगल सिलिन्डर इन्जिन जडना गरिएको छ जसले ६००० आरपीएममा ११.५ एचपी पावर र ३५००–४००० आरपीएममा १५.८ न्युटन मिटरको टर्क जेनेरेट गर्ने कम्पनीले जनाएको छ ।
५ गियर बक्स भएको अतुल रिकमा एक चालक र तीन यात्रु बस्न मिल्ने गरि ४ सिट रहेको छ। गाउँ र शहरी दुवै परिवेशमा उपयुक्त तीन पाङ्ग्रे अतुलमा चालक र यात्रु सुरक्षालाई ध्यान दिइएको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण