बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मोटो रकम मागेपछि करण रुष्ट, ‘बाहुबली’ लाई बलिउडमा लञ्च नगर्ने

आइतबार, १२ कात्तिक २०७४, ११ : २५
आइतबार, १२ कात्तिक २०७४

मुम्बई । बाहुबलीको दोस्रो संस्करणको व्यापक सफलतापछि प्रभासले बलिउडका निर्माताबाट थुप्रै अफरहरु पाएका थिए ।
बाहुबलीको हिन्दी संस्करणलाई वितरण गरेका करण जोहरले धर्मा प्रोडक्सनबाट प्रभासलाई लञ्च गर्ने तयारी गरेको समाचारहरु बाहिर पनि आएका थिए ।

तर, पछिल्ला घटनाक्रमले भने प्रभासको बलिउड डेब्यु तत्काल नहुने देखिएको छ । डिएनएमा प्रकाशित रिपोर्ट अनुसार प्रभासले बलिउडमा डेब्यु गर्नका लागि २० करोड भारु माग गरेका छन् ।

यसबाट करण जोहर रुष्ट बनेको समाचारमा उल्लेख छ ।

स्रोतले भन्यो, ‘तर, उनले मागेको रकम निकै ठूलो थियो । तुलेगु सिनेमामा उनले आफूले चाहे जति माग्नु सही पनि हो । तर, बलिउडमा यो अव्यवहारिक हो । साउथका कुनै पनि कलाकारले त्यत्रो रकम माग्दैनन्, रजनिकान्तले समेत । बाहुबलीको दोस्रो संस्करणपछि करण प्रभासलाई हिन्दी सिनेमामा लञ्च गर्न चाहन्थे । तर, उनले माग गरेको रकम थाहा पाएपछि उनले त्यो योजना त्यागेका छन् ।’

करणको पछिल्लो ट्वीट बाहुबलीका नायकप्रति लक्षित भएको अनुमान गरिएको छ ।

प्रभास अहिले सुजित रेड्डीको एक्सन एड्भेन्चर चलचित्र साहोमा काम गरिरहेका छन् । साहोको फस्ट लुक गत हप्ता भाइरल बनेको थियो ।

चलचित्रमा श्रद्धा कपुर, ज्याकी श्रौफ, चंकी पाण्डे, मन्दिरा बेदी, टिनु आनन्द, अरुण विजयको पनि भूमिका रहेको छ । चलचित्र अर्को वर्ष रिलिज हुनेछ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप