४५० करोडमा बनेको भारतको सबैभन्दा महंगो चलचित्र ‘२.०’ बारे रोचक कुरा
मुम्बई । दुबईको वुर्ज पार्कमा भारतको सबैभन्दा महंगो चलचित्र ‘२.०’ को म्युजिक लञ्च गरिएको छ । यस कार्यक्रममा मात्र १५ करोड रुपैयाँ खर्च गरिएको छ ।
यस चलचित्रको बजेट ४५० करोड भारतीय रुपैयाँ रहेको बताइएको छ । यो एसियाकै दोस्रो महंगो चलचित्र भएको भारतीय मिडियाले बताएका छन् ।
म्युजिक लञ्च कार्यक्रममा रजनीकान्त, अक्षय कुमार, एमी ज्याक्सन, एआर रहमान, राणा डुग्गुबती र करण जोहरसहित कयौँ सेलिब्रिटीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा एमी ज्याक्सन र तमन्ना भाटियाले नृत्य प्रस्तुत गरेका थिए । एआर रहमानले १२५ सिम्फनी संगीतकारसहित प्रस्तुति दिएका थिए ।
यस ग्राण्ड म्युजिक लञ्च कार्यक्रममा उपस्थिति दर्शकले भिआइपी टेबल ६–६ लाख भारुमा बुक गरेका थिए ।
चलचित्रको प्रमोशनमा मात्र ६० करोड रुपैयाँ खर्च गर्ने योजना निर्माताको रहेको छ ।
हुनत दक्षिणका निर्देशक शंकर आफ्नो चलचित्रको भव्य कार्यक्रमका लागि चिनिन्छन् । यसअघि उनको चलचित्र ‘आई’ को लञ्च लागि उनले हलिउडका सुपरस्टार आर्नल्ड स्वाजनेगरलाई आमन्त्रित गरेका थिए ।
चलचित्र दिल्लीस्थित जवाहरलाल नेहरु रंगशालामा सुट गरिएको थियो । त्यही भएर त्यहाँ पनि एक भव्य कार्यक्रम गरिने बताइएको छ । यसपछि ‘२.०’ को टोलीले मुम्बईमा प्रस्तुति दिनेछ ।
चलचित्र तमिल, तेलुगु र हिन्दीसहित विश्वभर १५ भाषामा रिलिज गरिनेछ ।
किन महंगो २.० ?
२.० मा साउथका सुपरस्टार रजनीकान्त, एमी ज्याक्सन र अक्षय कुमार मुख्य भूमिकामा देखिनेछन् । पूरा चलचित्र थ्रिडी क्यामारा प्रयोग गरेर सुट गरिएको छ । चलचित्र थ्रिडीमा नै रिलिज हुनेछ । चलचित्रका कलाकारको पहिरन रोर रोड्रिग्वेजले डिजाइन गरेका हुन् । रोरले हलिउडका चलचित्र ‘सुपरगर्ल’ र ‘डेयरडेभिल’ लगातमा पहिचन डिजाइन गरेका हुन् ।
म्युजिक लञ्चमा २ करोडको एलइडी
चलचित्र २.० ले विभिन्न रेकर्डहरु पनि बनाएको छ जसमा बुर्ज पार्कमा म्युजिक गर्ने पहिलो पटक भारतीय चलचित्र पनि बनेको छ । त्यहाँको शपिङ मलमा २ करोड भारुको एलइडी स्क्रिन लगाएको थियो ।
मेकअप र भिएफएक्स
यस चलचित्रको मेकअपमा हलिउडको सुपरहिट चलचित्र अवतारमा काम गरेका मेकअप आर्टिस्ट सीन फुटलाई प्रयोग गरिएको छ । त्यस्तै, अवतार, ट्रान्सफमर्स, सुपरगर्ल र ३०० जस्ता चलचित्रमा काम गरेका प्राविधिक, द्वन्द्व निर्देशकलगायतले काम गरेका छन् । भिएफएक्समा पनि आइफ अफ पाई र ३०० जस्ता चलचित्रमा काम गरेका प्राविधिक रहेका छन् । ट्रान्सफमर्समा द्वन्द्व निर्देशक गरेका केन्नी बेनसनले पनि चलचित्रमा काम गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण