उद्योग सचिवलाई उद्योगीको पत्र – बजेटले दिएको सुविधा प्रयोग गर्न पाएनौं
पूर्वका उद्योगी/व्यवसायीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवलाई पत्र लेखेका छन् । उनीहरुले आर्थिक वर्ष २०७८/७९ को बजेटले दिएको सुविधा प्रयोग गर्न नपाएकाले सुविधा प्रयोग गर्ने व्यवस्था गरिदिनु पत्र लेखेका हुन् ।
चालू वर्षको आर्थिक अध्यादेशले आर्थिक वर्ष २०७५/७६ सम्मको वार्षिक विवरण नबुझाएका तथा नवीकरण नगरेका कम्पनीहरुलाई सुविधा दिएको थियो । अध्यादेशमा त्यस्ता कम्पनी तथा फर्महरुले २०७८ को असोज मसान्तसम्ममा विवरण र शुल्क तथा जरिवानाको १० प्रतिशत रकम बुझाए बाँकी शुल्क तथा जरिवाना मिनाहा दिने व्यवस्था गरिएको छ ।
तर, सोही प्रयोजन अनुसार कम्पनी नवीकरण गराउन स्थानीय वाणिज्य कार्यालयहरूमा सम्पर्क गर्दा कुनै निर्देशन तथा परिपत्र प्राप्त नभएको बताउँछन् । यही विषय उल्लेख गर्दै नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भिम घिमिरेले उद्योग सचिव, वाणिज्य तथा आपूर्ति सचिवलाई पत्र लेखेका हुन् ।
विभागहरूले कुनै जानकारी प्राप्त नभएको बताएपछि व्यवसायीहरुले अध्यादेशले दिएको सुविधा प्रयोग गर्न नपाएको घिमिरेले बताए । सरकारले दिएको सुविधा प्रयोग गर्न नपाउने स्थिती आएकाले यथाशीघ्र कार्यान्वयनको व्यवस्था मिलाइदिन पत्रमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण