गण्डकीमा ३२८ जनामा कोरोना संक्रमण पुष्टि, थप ९ जनाको मृत्यु
गण्डकी प्रदेशमा थप ३२८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार २३२ जनामा गरिएको नमूना परीक्षणमा ३२८ जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये १४७ महिला र १८१ जना पुरुष रहेका छन् ।
प्रदेशका ७ जिल्लामा गरिएको नमूना परीक्षणमा सवै भन्दा धेरै नवलपरासी पूर्वमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनका अनुसार कास्की ९८, बागलुङ २, स्याङ्जा ४७, म्याग्दी ६, पर्वत १,गोरखा १८, लमजुङ १४, तनहुँमा १२ र नवलपरासी पूर्वमा १३० जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८० हजार २२४ पुगेको छ ।
गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत ९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–१३ का ९२ वर्षीय पुरुष, पोखरा–३२ की ४२ वर्षीय महिला, पोखरा–१४ की ६८ वर्षीय महिला, पोखरा–१३ की ४३ बर्षिय महिला, पोखरा–१६ का ७९ बर्षिय महिला, पोखरा–२६ का ५८ वर्षीय पुरुषको मृत्यु भएको छ । पोखराका ६ जना कोरोना संक्रमितको उपचारका क्रममा विभिन्न अस्पतालमा मृत्यु भएको हो ।
त्यसैगरी म्याग्दीको वेनी नगरपालिका –६ का ८२ वर्षीय पुरुष, पर्वत मोदी–५ की ६६ वर्षीय महिला र तनहुँ शुक्लागण्डकी–११ का ३३ वर्षीय पुरुषको समेत उपचारका क्रममा निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २६८ जना पुगेको छ ।
गण्डकी प्रदेशमा हालसम्म ७४ हजार ८८५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । प्रदेशमा एकै दिन संक्रमणमुक्त हुनेको संख्या ६५६ पुगेको छ । गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ६१ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण