गण्डकीमा ३२८ जनामा कोरोना संक्रमण पुष्टि, थप ९ जनाको मृत्यु

गण्डकी प्रदेशमा थप ३२८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार २३२ जनामा गरिएको नमूना परीक्षणमा ३२८ जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये १४७ महिला र १८१ जना पुरुष रहेका छन् ।
प्रदेशका ७ जिल्लामा गरिएको नमूना परीक्षणमा सवै भन्दा धेरै नवलपरासी पूर्वमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनका अनुसार कास्की ९८, बागलुङ २, स्याङ्जा ४७, म्याग्दी ६, पर्वत १,गोरखा १८, लमजुङ १४, तनहुँमा १२ र नवलपरासी पूर्वमा १३० जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८० हजार २२४ पुगेको छ ।
गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत ९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–१३ का ९२ वर्षीय पुरुष, पोखरा–३२ की ४२ वर्षीय महिला, पोखरा–१४ की ६८ वर्षीय महिला, पोखरा–१३ की ४३ बर्षिय महिला, पोखरा–१६ का ७९ बर्षिय महिला, पोखरा–२६ का ५८ वर्षीय पुरुषको मृत्यु भएको छ । पोखराका ६ जना कोरोना संक्रमितको उपचारका क्रममा विभिन्न अस्पतालमा मृत्यु भएको हो ।
त्यसैगरी म्याग्दीको वेनी नगरपालिका –६ का ८२ वर्षीय पुरुष, पर्वत मोदी–५ की ६६ वर्षीय महिला र तनहुँ शुक्लागण्डकी–११ का ३३ वर्षीय पुरुषको समेत उपचारका क्रममा निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २६८ जना पुगेको छ ।
गण्डकी प्रदेशमा हालसम्म ७४ हजार ८८५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । प्रदेशमा एकै दिन संक्रमणमुक्त हुनेको संख्या ६५६ पुगेको छ । गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ६१ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एमालेका जनसंगठनमा आफुखुसी निर्णय गर्दा समस्या’
-
रमा बस्नेतलाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
कैलालीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु
-
एक अध्ययन : कर्मचारीभन्दा राजनीतिक नेतृत्वबाट बढी भ्रष्टाचार
-
इजरायल र इरानमा रहेका नेपालीहरूको लागि ट्राभल एडभाईजरी जारी
-
सुनचाँदी व्यवसायी महासंघ र सुनचाँदी रत्न तथा आभूषण महासंघले सार्वजनिक गरेको घोषणापत्रमा के छ ?