प्रिमियम एसयूभी नयाँ ‘टाटा सफारी’ नेपाली बजारमा
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक वितरक सिप्रदी ट्रेडिङ्गले नेपालमा प्रमुख प्रिमियम एसयूभी नयाँ ‘टाटा सफारी’ सार्वजनिक गरेको छ । यस नयाँ टाटा सफारीको सुरुवाती मूल्य ८१ लाख ९९ हजार रहेको छ । ७ सिट क्षमताको यस गाडी आरामदायी, उत्कृष्ट कार्यक्षमता र शानको बेजोड सम्मिश्रण भएको कम्पनीको दावी छ ।
यो सफारीको डिजाइन आकर्षक, बलियो र स्पोर्टी रहेको कम्पनीले जनाएको छ । ‘ट्रोपिकल मिस्ट’ रंग स्किममा उपलब्ध नयाँ सफारी भारतका विविध प्रकारका भू–भागमा प्रशस्त पाइने वनस्पतीहरुको सौन्दर्यबाट प्रभावित/प्रेरित रहेको कम्पनीले जनाएको छ ।
सिप्रदीको नेपालभर रहेका टाटा मोटर्सका शो–रुमहरु मार्फत नयाँ सफारी अवलोकन तथा टेस्ट ड्राइभको लागि उपलब्ध रहेको पनि सिप्रदीले जनाएको छ । निलो, सेतो र खरानी रंगमा पाइने यस एसयूभीको एक्सई देखि एक्सजेटए+ सम्म ९ वटा मोडलहरु उपलब्ध रहेको पनि सिप्रदीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण