गण्डकीमा १० कोरोना संक्रमितको मृत्यु, थप ३०४ संक्रमित थपिए
गण्डकी प्रदेशमा कारोना संक्रमणका कारण एकै दिन १० जनाको मृत्यु भएको छ । २४ घण्टामा प्रदेशका विभिन्न अस्पतालहरुमा उपचाररत १० जना कोरोना संक्रमितको मृत्यु भएको हो । कोरोना संक्रमणबाट मृत्यु हुनेमा कास्कीमा ४, नवलपरासी पूर्वमा ५ र स्याङजामा १ सहित १० जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।
उनका अनुसार संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–२७ का ८२ वर्षीय पुरुष, पोखरा–१७ का ९२ वर्षीय पुरुष, पोखरा–१० की ५२ वर्षीय महिला, पोखरा–१७ की ५८ वर्षीय महिला र स्याङजा पुतलीबजार –५ की ७० वर्षीय महिला रहेका छन् ।
त्यसैगरी नवलपरासी पूर्वको कावासोती –११ की ६२ वर्षीय महिला, कावासोती –३ की ५६ वर्षीय महिला, कावासोती –९ की ५३ वर्षीय महिला, कावासोती –१६ का ४८ वर्षीय पुरुष र कावासोती –९ का ८० वर्षीय पुरुषको विभिन्न अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २८४ जना पुगेको छ । त्यसैगरी गण्डकी प्रदेशमा थप ३०४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ९५८ जनामा गरिएको नमूना परीक्षणमा ३०४ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये १३६ महिला र १६८ जना पुरुष रहेका छन् ।
प्रदेशका ७ वटा जिल्लामा गरिएको नमूना परीक्षणमा सवै भन्दा धेरै कास्कीमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य केन्द्रका संयोजक शर्माले बताए । कास्की १८८,स्याङ्जा १६, म्याग्दी ६, लमजुङ १२, तनहुँमा २९ र नवलपरासी पूर्वमा ५३ जनामा संक्रमण देखिएको प्रमुख शर्माले जानकारी दिए । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८० हजार ८७८ पुगेको छ ।
गण्डकी प्रदेशमा हालसम्म ७५ हजार ८९६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । प्रदेशमा एकै दिन संक्रमणमुक्त हुनेको संख्या ४५६ पुगेको छ । गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार ६९८ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण