डडेल्धुरा सभापति मल्ललाई निर्वाचन समितिको प्रश्न : अधिवेशन स्थगित गर्ने अधिकार कसले दियो ?
नेपाली काँग्रेसको निर्वाचन समितिले डडेल्धुरा जिल्ला सभापति कर्णबहादुर मल्ललाई वडा अधिवेशन स्थगित गर्ने अधिकार नभएको बताएको छ । निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले मंगलबार २५ गते वडा अधिवेशनको तालिका प्रकाशित गरेपछि जिल्ला सभापति मल्लले स्थगितको घोषणा गरेका थिए ।

केन्द्रीय निर्वाचन समितिले पठाएको क्रियाशील सदस्यहरूको नामावलीमा बदमासी भएको भन्दै मल्लले अधिवेशन स्थगितको घोषणा गरेका हुन् । तर निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले अधिवेशन स्थगित गर्ने अधिकार नभएको रातोपाटीलाई बताए ।
उनले भने, ‘अधिवेशनको मिति तोक्ने र स्थगित गर्ने अधिकार जिल्ला सभापतिलाई छैन । डडेल्धुरामा जिल्ला सभापतिबाट अधिवेशन स्थगित भएको कुरा सुन्नमा आएको छ । बिलकुल यो उहाँको अधिकार होइन ।’
जिल्ला सभापतिले घोषणा गरेर अधिवेशन स्थगित नहुने उनको भनाइ छ । ‘केन्द्रीय कार्यसमितिले तोकेको मितिमा अधिवेशन हुन नसक्ने अवस्थामा स्थगित गर्ने र सार्ने जिम्मा हामीलाई दिइएको छ । जिल्ला सभापति कहाँबाट स्थगित गर्न मिल्छ ?,’ उनको प्रश्न छ, ‘अधिवेशन स्थगित हुँदैन । स्थगित गर्नै परे हामीले खटाएका निर्वाचन अधिकृतले हामीसँगको समन्वयमा मात्र गर्न सक्नुहुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

