एमसीसी पास गर्ने जिम्मा हाम्रो होइन : ओली
एमाले अध्यक्ष केपी ओलीले एमसीसी पास गर्ने जिम्मा आफुहरुको नभएको बताएका छन् । बुधबार पार्टीका सांसदहरुसँगको छलफलमा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले एमसीसी आफुहरुले सम्झौता समेत नगरेकाले अध्ययनपछि मात्रै पार्टी निर्णयमा पुग्ने बताएका हुन् ।
‘एमसीसी अहिले छलफल र डिबेटको रुपमा आएको छ । त्यसलाई छलफलमा जान दिउ न ! दलहरूलाई धारणा बनाउन दिऊ, तर्कहरु गर्न दिउ, अर्को कुरा यो पास गर्ने जिम्मा पनि हाम्रो होइन’ ओलीले भने, ‘यो सन्धि हामीले गरेको पनि होइन र यो अभिभारा अहिले हाम्रो काँधमा पनि संसदमा एमसीसीको प्रस्ताव आएको खण्डमा त्यतिबेला गम्भिरतापूर्वक विचार र निर्णय गर्ने तर अहिले यसमा धेरै अग्रसर नहुन ओलीले आफ्ना सांसदहरुलाई निर्देशन समेत दिए । ‘यो त अहिले धेरै डिवेटेवल छ यस्तो प्रश्नमा अहिले हतारिनु पर्दैन’ ओलीको भनाइ छ ।
सत्ता गठबन्धनले प्रश्न सोधेको जवाफ नआएको भनिरहेको भन्दै प्रश्न सोधिए पनि एमसीसीको मुल सम्झौता नफेरिने बताए । उनले देश र आम जनताको हितका विरुद्ध एमालेले निर्णय गर्न नसक्ने पनि बताए । ‘हामी नेपाली जनता रुष्ट हुन्छन् भने हामी त्यसमा अघि बढ्दैन’ ओलीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण