यी सेलेब्रिटी जो एक अर्कासँग काम गर्न चाहँदैनन्
मुम्बई । सामान्य मानिसजस्तै सेलिब्रिटीहरुको मनपर्ने र नपर्नेहरु हुन्छन् । उनीहरु कसैसँग काम गर्न मन पराउँछन् भने कसैसँग काम गर्न मनै पराउँदैनन् ।
यस्तो कहिले व्यक्तिगत कारणले हुन्छन् भने कहिले व्यवसायीक कारणले । बलिउडमा यस्ता सेलेब्रिटीहरु छन् जो एक अर्कासँग काम गर्न चाहँदैनन् ।
आमिर खान
म जहिले पनि कोशिश गर्छु कि दर्शकलाई नयाँ कुरा दिनसकूँ । त्यही भएर फिल्मको चयनको विषयमा म निकै गम्भिर छु । त्यस्तै हिरोइनहरुलाई दोहोराउने कुरामा पनि म विश्वास गर्दिन । म अनुष्का र क्याट्रिनासँग काम गर्न चाहँदिन किनभने मैले उनीहरुसँग पहिले नै काम गरिसकेको छु । मैले निकै कम हिरोइनहरुसँग दोहोर्याए काम गरेछु । यो सूचीमा जायराको नाम शामिल छ किनभने उनीसँग मैले ‘दंगल’ र ‘सिक्रेट सुपरस्टार’ मा काम गरेको छु । यस्तो किन भयो भने दुवै चलचित्रमा उनको अवश्यकता थियो र रोलको हिसाबले उनी नै फिट थिइन् ।

सलमान खान
म जहिले पनि आफ्नो को–स्टारको बारेमा सहज छु तर म कहिले पनि विवेक ओबरायसँग कहिले पनि काम गर्न चाहँदिन । यसको साथै यसको कारण पनि म बताउन सही ठान्दिन । बाँकी सबैलाई थाहा छ । चलचित्र त धेरै टाढाको कुरा भयो, म उसँग कुरा पनि गर्न चाहँदिन ।

गोविन्दा
म डेविड धवन र करन जोहरसँग कहिले पनि काम गर्न चाहँदिन किनभने जब मेरो खराब दिन चल्दैथियो र मलाई उनीहरुको साथ चाहिएको थियो, उनीहरुले मेरो साथ दिएनन् । डेभिड त बरु ठीकै छ, करणले जहिले पनि मलाई तल देखाउन कोशिस गरेका छन् । उनले जानीबुझी मेरो फिल्मसँग उनको फिल्म रिलिज गरे ताकि मेरो फिल्न चल्न नसकोस् । उनी मुखले मात्र ठिक्क पार्छन् तर मनमनै अर्कै कुरा राख्छन् । त्यही भएर उनले मलाई एक पटक पनि कफी विथ करणमा बोलाएका छैनन् ।

विपाशा वासु
म आफ्नो काममा व्यवसायीक छु तर जहाँ इमोसनको कुरा आउँछ, म त्यहाँ सम्झौता गर्दिन । एकपटक सम्बन्ध ताडे भने फर्केर पनि हेर्दिन । त्यही भएर जोनसँग म कहिले कुनै फिल्म गर्न चाहँदिन । म उसलाई मेरो अगाडि देख्न सक्दिन । कोही कोही ब्रेकअप पछि पनि मित्रतामा विश्वास राख्छन् तर म त्यस्तो छैन । एक पटक सम्बन्ध खत्तम भयो भने व्यक्तिगत र व्यवसायीक दुवै सम्बन्ध खत्तम ।

कंगना रनोट
म यस्तो व्यक्तिसँग कहिले पनि काम गर्न चाहँदिन जसको कारण मेरो बेइज्जती भएको छ वा मेरो मन दुखेको छ । वलिउडमा यस्ता कयौँ कलाकार छन् जोसँग काम गर्न लायक छैनन् । यसमा पनि म ऋतिक रोशन र आदित्य पंचोलीसँग कहिले पनि काम गर्न चाहँदिन । उनीहरुको कारणले मैले धेरै कुरा सहनुपरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण